चीरहरण उपन्यासमा मायिक यथार्थता
DOI:
https://doi.org/10.3126/dristikon.v15i1.77148Keywords:
अतिशय, अलौकिक, दिवास्वप्न, निष्पाद मन्त्रबलAbstract
प्रस्तुत लेखमा नीलम कार्की निहारिकाकृत चीरहरण उपन्यासलाई मायिक यथार्थताका आधारमा अध्ययन गरिएको छ । यस उपन्यासमा मायिक यथार्थताको प्रयोगको अवस्था के कस्तो छ भन्ने मूल समस्यामा केन्द्रित भई गरिएको यस अध्ययनमा उक्त कृतिमा प्रयुक्त मायिक यथार्थताका प्रयोगहरू पत्ता लगाउने उद्देश्य लिइएको छ । गुणात्मक ढाँचामा आधारित यस लेखमा प्राथमिक र द्वितीयक दुवै स्रोतका सामग्रीको प्रयोग गरिएको छ । उपन्यासका सान्दर्भिक प्रयोगहरूलाई प्राथमिक स्रोतका सामग्री र मायिक यथार्थता उल्लेख भएका पुस्तक तथा अनुसन्धानात्मक पुस्तकहरूलाई द्वितीय स्रोतका सामग्रीका रूपमा यहाँ प्रयोग गरिएको छ । उपन्यासमा प्रयुक्त विभिन्न पात्रहरूमा र अवस्था विशेषमा आधारित भई निर्माण गरिएका सूचकहरूको उपयोग यहाँ गरिएको छ । पराशर, मत्स्यगन्धा, भीष्म, दुर्वासा, सूूर्य, कुन्ती, किन्दम, पाण्डु, गान्धारी, भीम, अर्जुन, कृष्ण, द्रौपदी जस्ता पात्रका व्यवहारमा र पाण्डवलाई सूर्यले दिएको सूर्यपात्रको प्रयोगमा मायिकताको प्रयोग पाइएकाले यो उपन्यास मायिक यथार्थताको प्रयोग भएको रचना हो भन्ने निष्कर्ष यहाँ निकालिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Research Management Cell, Mahendra Multiple Campus, Dharan