सम्राट राजर्षि जनक महाकाव्यमा सादृश्यमूलक अलङ्कार
DOI:
https://doi.org/10.3126/dristikon.v15i1.77147Keywords:
उपमा, कथ्यगत सौन्दर्य, दृष्टान्त, वैचित्र्यपूर्ण, व्यतिरेकAbstract
प्रस्तुत लेखको विषय सम्राट राजर्षि जनक महाकाव्यमा सादृश्यमूलक अलङ्कारको विश्लेषण गर्नु रहेको छ । पीताम्बरभोला लम्सालको सम्राट राजर्षि जनक महाकाव्यमा सादृश्यमूलक वर्गका के कस्ता अलङ्कारहरूको के कसरी प्रयोग गरिएको छ भन्ने कुराको विश्लेषणमा यो लेख केन्द्रित रहेको छ । यो अध्ययन गुणात्मक प्रकृतिको छ । यसमा पुस्तकालय कार्यबाट सामग्री सङ्कलन गरिएको छ । सम्राट राजर्षि जनक महाकाव्यमा अलङ्कार प्रयोगको अवस्था अध्ययनका लागि सूक्ष्म पठन विधिका माध्यमबाट सामग्री सङ्कलन गरी ती सामग्रीहरूको अर्थापन गरिएको छ । अलङ्कारको सैद्धान्तिक अवधारणा र सादृश्यमूलक वर्गका अलङ्कारहरूको लक्षण पहिचानका लागि पूर्वीय अलङ्कार सिद्धान्तलाई आधार बनाइएको छ । यसमा सम्राट् राजर्षि जनक महाकाव्यमा प्रयोग भएका सादृश्यमूलक वर्गका उपमा, अनन्वय, रूपक, व्यतिरेक, दृष्टान्त, विनोक्ति, कारकदीपक, व्याजस्तुति, परिकर र अपह्नुतिजस्ता अलङ्कारहरूको विश्लेषष गरी निष्कर्ष प्रस्तुत गरिएको छ । यस लेखमा सम्राट् राजर्षि जनक महाकाव्यका श्लोकहरूको अर्थापनका क्रममा वर्णनात्मक र विश्लेषणात्मक विधिको प्रयोग गरिएको छ । सम्राट राजषर््िा जनक महाकाव्यमा आफ्ना भाव र विचारलाई प्रभावकारी तुल्याउन, महाकाव्यको कथ्य अर्थलाई वैचिœयपूर्ण, प्रभावकारी, आकर्षक एवम् काव्यात्मक स्वरुप प्रदान गर्न, महाकाव्यमा प्रयुक्त विविध कथ्यगत सौन्दर्यको वृद्धि गर्न र शृङ्गार, करूण, भयानक आदि रसको अभिव्यञ्जनलाई प्रभावकारी बनाउनका लागि सादृश्ययमूलक वर्गका अलङ्कारहरूको प्रयोग गरिएको हो भन्ने निष्कर्ष प्राप्त भएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Research Management Cell, Mahendra Multiple Campus, Dharan