चयनका आधारमा चरीमाई उपन्यासको विश्लेषण
DOI:
https://doi.org/10.3126/dristikon.v15i1.77145Keywords:
अनुकरणात्मक, अविकारी पदचयन, चिह्नचयन, विकारी पदचयनAbstract
प्रस्तुत लेखमा चयनका आधारमा चरीमाई उपन्यासको विश्लेषण गरिएको छ । चरीमाई अन्जना पौडेल अनुश्रुतीद्वारा लेखिएको उपन्यास हो । यस लेखको मुख्य उद्देश्य चयनका आधारमा चरीमाई उपन्यासको विश्लेषण गर्नु हो । यसमा प्राथमिक सामग्रीका रूपमा चरीमाई उपन्यासलाई लिइएको छ भने पुस्तकालय कार्यबाट पुस्तक, पत्रपत्रिका, शोधपत्र तथा लेखरचननहरूलाई द्वितीयक सामग्रीका रूपमा उपयोग गरी वर्णनात्मक विधिको प्रयोगद्वारायो लेख तया गरिएको छ । लेखमा चयनका सान्दर्भिक प्रयोगको विश्लेषण गरिएको छ । चयनले उपन्यासको बाह्य सौन्दर्य बढाउनुका साथै भावगत गहनतालाई जीवन्त तुल्याएको छ । चयनको सार्थक प्रयोगले उपन्यासको भाव र अर्थपक्ष सौन्दर्यपूर्ण बनेको छ । प्रतीकात्मक, लक्ष्यार्थ, व्यञ्जनामूलक भाषिक चयनले उपन्यासमा आकर्षण थप्नुका साथै प्रस्तुतीमा सौन्दर्य बढाएको छ । उपन्यासमा ध्वनि, कोशीय, भाषिकागत, प्रयुक्ति, व्याकरणिक, आर्थी र लेख्यप्रक्रियागत तहमा विचलनका सान्दर्भिक प्रयोग गरिएका छन् । प्रतीकात्मक भाषिक प्रयोग गरी आर्थी विचलनद्वारा अभिव्यक्तिलाई आकर्षक तुल्याई लक्ष्यार्थ र व्यञ्जनामूलक भाषिक एकाइको प्रयोग गरिएको छ । प्रस्तुतिमा सौन्दर्य बढाउँदै उपन्यासलाई आकर्षक बनाइएको छ भन्ने निष्कर्ष निकालिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Research Management Cell, Mahendra Multiple Campus, Dharan