साल्गीको बलात्कृत आँसु कथाको समाजशास्त्रीय अध्ययन
DOI:
https://doi.org/10.3126/dristikon.v15i1.77141Keywords:
निगमन, प्रतिरोधी, विचारधारा, विश्वदृष्टिAbstract
प्रस्तुत आलेख पारिजातद्वारा लिखित साल्गीको बलात्कृत आँसु कथाको समाजशास्त्रीय अध्ययनमा केन्द्रित छ । यस अध्ययननका लागि साहित्यका समाजशास्त्रीय व्याख्याता लुसिएँ गोल्डमानको उत्पत्तिमूलक संरचनावादी सिद्धान्तअअन्तर्गत पर्ने विश्वदृष्टिसम्बन्धी मान्यतालाई आधार बनाएर त्यसैका आधारमा यस कथाको विश्लेषण गरिएको छ । यस कथामा पञ्चायतकालीन समयमा नेपाली नारीहरू बेचबिखनको सिकार भई भोग्नु परको पीडा र यातनाका सापेक्षमा निर्माण भएको विचारधारा प्रस्तुत गरिएको छ । यस लेखका लागि सामग्री सङ्कलन गर्न पुस्तकालयको प्रयोग गरिएको छ । सङ्कलित सामग्री विश्लेषणका लागि निगमन विधि र लेख प्रस्तुतीकरणका लागि वर्णनात्मक विधिको प्रयोग गरी पाठपरक तथ्यका आधारमा कथामा अभिव्यक्त विश्वदृष्टिको विश्लेषण गरिएको छ । समाजशास्त्रीय अध्ययनका लागि विभिन्न पद्धतिहरू छन् र स्वयम् गोल्डमानकै पनि आख्यानको समाजशास्त्रीय अध्ययनका विभिन्न आधार छन् तर यहाँ विश्वदृष्टिलाई र संरचनाको समानधर्मितालाई मात्र मूल आधार बनाइएको छ र यो नै यस अध्ययनको सीमा हो । यस अध्ययनमा कथाभित्रको समाजमा यो स्पष्ट विश्वदृष्टि निर्माण भएको भने देखिँदैन तापनि यहाँ कथाकी पात्र साल्गी उत्पीडित नारीवर्गको प्रतिनिधि भएकीले उसको विचार सामूहिक विचार समेत भएकाले परिवर्तनगामी र प्रतिरोधी विश्वदृष्टि निर्माण भएको छ भन्ने निष्कर्ष निकालिएको छ, यसका साथै साल्गीले भोगेका दर्दनाक पीडा तत्कालीन नेपाली समाजको यथार्थसँग मेल खाने भएकाले संरचनाको समानधर्मिता रहेको निष्कर्ष प्रस्तुत गरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Research Management Cell, Mahendra Multiple Campus, Dharan