औपन्यासिक पात्रविधानको सैद्धान्तिक परिचय : एक अध्ययन Aaupanyasik Patrabidhanko Saiddhantik Parichaya: Ek Adhyayan
DOI:
https://doi.org/10.3126/dristikon.v9i1.31178Keywords:
गतिशील gatishil, शास्त्रीय Shastriya, शाश्वत Shaswat, कथानक kathanak, विचार bichar, पात्र PatraAbstract
प्रस्तुत अध्ययनमा उपन्यासको कथावस्तुलाई डोयाउने चरित्रका विभिन्न आधारमा विश्लेषण गरिएको छ । चरित्रले कुनै पनि साहित्यिक सिर्जनालाई जीवन्त बनाउनमा महइभ्वपूर्ण भूमिका खेलेको हुन्छ । त्यसमा पनि उपन्यास आख्यान विधाको विशिष्ट उपलब्धि मानिन्छ । विना पात्र उपन्यासको गतिशीलतालाई अगाडि बढाउन सकिँदैन । उपन्यासमा जुन तइभ्वको माध्यमबाट घटनाहरू घट्छन् र विकसित हुन्छन् त्यस तइभ्वलाई पात्र भनिएको हो । कुनै एउटा लेखकीय विचारको प्रधानता भएको आख्यानमा नायकहरू पात्र वा चरित्रका रूपमा देखा पर्दछन् । उपन्यासमा पात्र त्यो तइभ्व हो, जसद्वारा कार्यव्यापार अघि बढ्छ र कथानकले गति पाउँछ । कथामा जबसम्म पात्रको स्थिति रहन्छ तबसम्म उपन्यास कुरुक्षेत्रको मैदान बन्दछ । विभिन्न विरोधी शक्तिहरू आएर मल्ल युद्ध लड्छन्, कहिले हातले, कहिले खुट्टाले, कोही टाउकाले, कोही मुखले, कोही मौनताले विभिन्न अस्त्रले युद्ध लडिरहन्छन् । मानवको सभ्यता र समाजलाई बुझ्ने प्रमुख आधार पनि चरित्र नै हो । मानवका शाश्वतसत्यलाई उद्घाटन गर्ने पक्षहरू पनि मान्छेकै चरित्रमा उद्घाटित भएका हुन्छन् । उपन्यासमा पात्रहरूका माध्यमबाट अन्योक्तिमूलक वा प्रतीकात्मक अर्थ सापेक्षद्वारा मानवीय सत्यलाई चिनाउन मानवेतर प्राणी तथा प्राणीइतर जड पात्रको प्रयोग गरिन्छ तर उपन्यासमा पात्र भन्नासाथ पाठकसामु मानवकै बिम्ब तयार हुन्छ । हाल आएर पात्रका रूपमा मानव पात्र नभई मानवेतर पात्रलाई पनि मानिसकै बोली, भावना, विचार तथा मानसिकतामा राखेर हेर्ने बौद्धिक प्रयास भइरहेको छ । प्रस्तुत लेखमा पात्र÷चरित्रका विविध अवस्थाको शास्त्रीय अध्ययन गरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Research Management Cell, Mahendra Multiple Campus, Dharan