नेपाली उखानमा लैङ्गिकता
DOI:
https://doi.org/10.3126/djci.v2i1.67450Keywords:
उपभोग्य, लोकजीवन, लोकसाहित्य, शिष्टसाहित्य, सूत्रात्मकAbstract
प्रस्तुत आलेख नेपाली उखानमा लैङ्गिकता शीर्षकमा आधारित रहेको छ । लोकजीवनको सूत्रात्मक कथनलाई उखान मानिन्छ । लोकजीवनमा प्रचलनमा रहेका अर्थपूर्ण स–साना वाक्य उखान हुन् । यस्ता साना वाक्यहरूलाई मानव अनुभवको अमूल्य रत्नका रुपमा लिइन्छ । उखान मानव अनुभवको दीर्घकालीन ज्ञानबाट सिर्जित हुन्छन् । यिनले लोकजीवनको अनुभवद्वारा जनमानसलाई प्रभावित तथा उत्कर्षता प्रदान गर्दछन् । उखान सङ्क्षिप्त, सारगर्भित र प्रभावशाली हुन्छन् । समाजमा लिङ्गका आधारमा नारी र पुरुषलाई हेर्ने मान्यता नै लैङ्गिकता हो । प्रचलित केही नेपाली उखानमा नारीलाई सम्मान गरेको पाइन्छ भने केहीमा अपमान गरेको पाइन्छ । त्यसैगरी केही नेपाली उखानमा पुरुषलाई सम्मान गरेको पाइन्छ भने केहीमा पुरुषलाई अपमान गरेको पाइन्छ । यसरी नेपाली समाजमा आदिकालदेखि नारी र पुरुषका बिचमा भएका सम्मान र अपमानका व्यवहारगत यथार्थ सूत्रका रुपमा उखानमा आएका हुन्छन् । यसकारण प्रस्तुत शीर्षक अध्ययनीय रहेको छ । यसका बारेमा विविध कोणबाट अध्ययन भए पनि अहिलेसम्म लैङ्गिकताका आधारमा अध्ययन नभएको सन्दर्भमा प्रस्तुत अध्ययन आफैमा महत्त्वपूर्ण रहेको छ । नेपाली उखानलाई लैङ्गिकतासँग जोडेर अध्ययन नभएको सन्दर्भमा यसैअनुरूप विश्लेषण गर्नु प्रस्तुत आलेखको मुख्य काम हो । प्रस्तुत मूल समस्याको समाधानार्थ नेपाली उखानमा लैङ्गिकता केकस्तोे छ ? भन्ने प्राज्ञिक जिज्ञासाको उत्तरका लागि लैङ्गिकतामा आधारित रहेका केही नेपाली उखानको विश्लेषण गरी समस्यागत रिक्तताको परिपूर्ति गर्ने काम यसमा गरिएको छ । प्रस्तुत आलेखमा विविध कोणबाट उखानका बारेमा आजसम्म भएका पूर्वकार्यको समीक्षा गरी अध्ययनको समस्यागत रिक्तताको खोजी गर्ने काम गरिएको छ । प्रस्तुत आलेखमा नेपाली उखानको लैङ्गिकताका आधारमा विश्लेषण गर्नका लागि पुस्तकालयीय अध्ययन कार्यबाट सङ्कलित प्राथमिक तथा द्वितीयक स्रोतका सामग्रीको समष्टिगत गुणात्मक पद्धतिअनुरुप विश्लेषण गरिएको छ । नेपाली लोकजीवनमा प्रचलनमा रहेका समभाव सिर्जना गर्ने खालका उखानहरूको संरक्षण गर्दै सामाजिक सद्भाव भङ्ग गर्ने खालका उखानहरूलाई प्रयोगबाट हटाउनु आवश्यक छ । नेपाली समाजमा प्रचलित एकाध उखानबाहेक विपरित लिङ्गले विपरित लिङ्गलाई सम्मानभाव र समान लिङ्गले समान लिङ्गलाई अपमानभाव दर्साएको स्पष्ट हुन्छ । यस्तो निष्कर्षमा आधारित प्रस्तुत अध्ययनले सम्बद्ध क्षेत्रका अध्येतालाई प्राज्ञिक मार्गदर्शन गर्नेछ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2024 Ananda Raj Silwal
This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license allows others to use, distribute, and build upon your work, as long as they provide attribution to you as the original creator. However, the license restricts commercial use of the work, meaning others cannot use it for commercial purposes without seeking additional permissions or licensing agreements.