प्रायोगिक भाषाविज्ञानको क्षेत्र
DOI:
https://doi.org/10.3126/dcj.v12i1.66919Keywords:
प्रायोगिक, कोशविज्ञान , अनुवादविज्ञान , मनोभाषाविज्ञान , सीमित , व्यापक , प्रकरणार्थ , व्यतिरेकAbstract
विचार विनिमयको माध्यम भाषा हो । मानिसले आफ्ना मनका इच्छा चाहना भावना आदिलाई बोलीको माध्यमबाट अरुसमक्ष प्रस्तुत गर्दछ र अरुका विचारहरुलाई पनि ग्रहण गर्दछ । यसरी मानवीय उच्चारण अवयवबाट उच्चरित सार्थक ध्वनिहरुको समूहलाई नै हामी भाषा भनेर चिन्दछाँै । हुुन त पशुुपंक्षी, जनवार आदि जीव जन्तुले पनि आफ्ना विचारहरु आपसमा साट्ने र बुुझ्नेसम्म पनि गर्दछन् तर त्यसलाई हामी भाषा भन्दैनाँै । मानिसले पनि विभिन्न माध्यमबाट आफ्ना विचारहरु एक अर्कामा साटासाट गरिहेका हुुन्छन् । जस्तै आँखा झिम्क्याएर, हातले इसारा गरेर, ताली बजाएर आदि यस्ता खालका आवजलाई पनि भाषावैज्ञानिक सन्दर्भमा भाषा मानिँदैन । खासगरी स्वर र व्यञ्जन वर्णका ध्वनिहरु छुुट्याउन सकिनेगरी मानिसका उच्चारण अवयवबाट उच्चरित सार्थक आवाजलाई मात्र भाषा भनिन्छ (भुषाल , केशव , (२०७५) भाषाविज्ञान) । भाषाको विकास मानव सभ्यताको सुरुवातदेखि नै भएको हो भन्नेकुरा सहज अनुमान लगाउन सकिन्छ । जीवनयापन गर्ने क्रममा आफूलाई आइपरेका विभिन्न अनुभवहरु साटासाट गर्न मानिसले प्रयोग गर्ने माध्यम नै भाषा हो । विचार विनिमयका लागि प्रयोग गरिने भाषाको वैज्ञानिक र व्यवस्थि ढङ्गले अध्ययन गर्ने शास्त्रलाई नै भाषाविज्ञान भनिन्छ । सामान्य भाषाविज्ञान र प्रायोगिका भाषाविज्ञान गरी भाषाविज्ञानलाई दुई प्रकारमा विभाजन गरिन्छ । सामान्य भाषाविज्ञानले भाषाका सार्वभौम मान्यता , विशेषता , सिद्धान्त , नियम ... प्रतिपादन गर्ने गर्दछ भने त्यस्ता प्रतिपादित तथ्यहरुलाई विधिसम्मत प्रयोग गर्ने कार्य प्रायोगिक भाषाविज्ञाज अन्तर्गत गरिन्छ । तसर्थ सामान्य भाषाविज्ञान सैद्धान्तिक हुन्छ भने प्रायोगिक भाषाविज्ञान व्यावहारिक हुन्छ । प्रस्तुत अध्ययनमा प्रयोगिक भाषाविज्ञानका के कस्ता क्षेत्र छन् भनी खोज गर्नु र विश्लेषण गर्नु अध्ययनको उद्देश्य रहेको छ । यो अध्ययन गुणात्मक अनुसन्धान ढाँचामा प्रस्तुत गरिएको छ भने अनुसन्धानमा विभिन्न प्रकाशनहरुबाट प्रकाशित पुस्तक , लेख आदिलाई सूचना सङ्कलनका स्रोत मानिएको छ । सूचनाहरु धेरैजसो द्वितीय स्रोतबाट नै लिई व्याख्यात्मक र विश्लेषणात्मक ढङ्गबाट प्रस्तुत गरिएको छ । प्रायोगिक भाषाविज्ञानका सीमित र व्यापक गरी दुईओटा क्षेत्र रहेका र ती क्षेत्रभित्र पनि विभिन्न विधा(क्षेत्र) रहेका छन् भन्ने निष्कर्ष निकालिएको छ ।