राजनीतिमा वैज्ञानिक समाजवादी चिन्तनको उद्भव {Emergence of scientific socialist thought in politics}
DOI:
https://doi.org/10.3126/cognition.v6i1.64465Keywords:
वैज्ञानिक समाजवाद, द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, सर्वहारावर्गको अधिनायकत्वको सिद्धान्त, माक्सवादAbstract
प्रस्तुत लेखमा माक्सवाद र माक्सवादी दर्शनको तीन सङ्गठक सिद्धान्त द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त र सर्वहारावर्गको अधिनायकत्वको सिद्धान्तको बारेमा अध्ययन गरिएको छ । वैज्ञानिक समाजवादी चिन्तनको उद्भवको अध्ययन गर्दा माक्सवाद, द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त र सर्वहारावर्गको अधिनायकत्वको सिद्धान्तलाई प्रमुख आधार मानिएको छ । माक्स र एंगेल्सले सन् १८४८ मा कम्युनिस्ट लिगका लागि कम्युनिस्ट घोषणापत्र लेखेपछि विश्व राजनीतिमा विधिवत रूपमा वैज्ञानिक समाजवादी चिन्तनको उद्भव भएको थियो । वैज्ञानिक समाजवादी चिन्तन नै माक्सवादी दर्शन हो र माक्सवादी दर्शन नै वैज्ञानिक समाजवादी चिन्तन हो । अध्ययन विधि आगनात्मक विधि हो । विश्व राजनीतिमा वैज्ञानिक समाजवादी चिन्तनको उद्भव कसरी भयो भनी अध्ययन गर्नु नै यस लेखको प्रमुख उद्देश्य हो । विश्व राजनीतिमा वैज्ञानिक समाजवादी चिन्तनको उद्भव कसरी भयो भन्ने कुरालाई यहाँ स्पष्ट गरिएको छ ।