‘मालती मंगले’ गीतिनाटकमा शृङ्गार रस
DOI:
https://doi.org/10.3126/cognition.v3i1.55674Keywords:
करिया प्रथा, विभाव, अनुभाव, व्यभिचारी भाव, सञ्चारी भावAbstract
प्रस्तुत लेख गीतिनाटककार माधवप्रसाद घिमिरेद्धारा रचना भएको मालती र मङ्गले (२०३८) गीतिनाटकमा पूर्वीय रस सिद्धान्तका आधारमा शृङ्गार रसको अवस्था के कस्तो छ भन्ने मूल प्राज्ञिक समस्याको समाधान गर्ने प्रयास गरिएको छ । लोक जीवनका कथालाई टिपेर लोकलयमा रचना गरिएको यस मालती र मङ्गले गीतिनाटक गोरखा जिल्लामा वि.स. १८२५ को आसपासमा घटेको घटना हो । यस गीतिनाटकमा अङ्ग रसको रूपमा शृङ्गार रस देखापरेको छ । प्रस्तुत लेखमा अङ्ग रसको रूपमा रहेको शृङ्गार रसको पूर्वीय रस सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ ।