अधिस्नातक तह पहिलो सत्रको नेपाली भाषा शिक्षण पाठ्यांशको विश्लेषण
DOI:
https://doi.org/10.3126/cdj.v32i46.77050Keywords:
अधिस्नातक, पाठ्यक्रम, पाठ्यांश, मूल्याङ्कन, शिक्षण प्रक्रियाAbstract
पाठ्यांश शीर्षक, परिचय, उद्देश्य, पाठ्यवस्तु, शिक्षण प्रक्रिया, मूल्याङ्कन प्रक्रिया र पाठ्यपुस्तक तथा सन्दर्भ सामग्रीका आधारमा अधिस्नातक तह पहिलोे सेमेस्टरको नेपाली भाषा शिक्षण पाठ्यांशको विश्लेषण गर्नु प्रस्तुत अध्ययनको मूल उद्देश्य रहेको छ । अध्ययनका लागि उक्त तहको पाठ्यांश प्राथमिक स्रोत हो भने पाठ्यांशको विश्लेषणसँग सम्बन्धित लेख र सन्दर्भ पुस्तकहरुलाई द्वितीयक स्रोत सामग्रीका रुपमा उपयोग गरिएको छ । गुणात्मक प्रकृतिको यस अध्ययनमा अधिस्नातक तहका नेपाली शिक्षा विषयको पहिलो सत्रको नेपाली भाषाशिक्षण–१ विषयलाई उद्देश्यमूलक नमुना छनोट विधिको उपयोग गरी छनोट गरिएको छ । यसमा विषयवस्तु विश्लेषण विधिको सहायताले पाठ्यांशको विश्लेषण गरिएको छ । यस पाठ्यांशको शीर्षक सङ्क्षिप्त र विषयवस्तुअनुसार सार्थक देखिए पनि पूर्णाङ्क, उत्तीर्णाङ्कका साथै पाठ्यांश अनिवार्य, ऐच्छिक वा थप ऐच्छिक के हो भन्ने कुरा उल्लेख गरिएको छैन । पाठ्यांशमा क्रेडिट आवर र पाठघन्टीबिच सुन्तलन मिलेको देखिँदैन । परिचय खण्डमा पाठ्यांशको प्रयोजन र सङ्क्षिप्त परिचय उल्लेख गरिएको छ, तर यसमा पाठ्यांश निर्माण प्रक्रिया, कृतज्ञता, विशेषता र सीमाकोे उल्लेख गरिएको छैन । मूल्याङ्कनमा आन्तरिक ४० प्रतिशत र बाह्य ६० प्रतिशत अङ्कभार छुट्याई उपस्थितिलाई तीन, सहभागितालाई दुई र आन्तरिक परीक्षाको लिखित परीक्षालाई बिस अङ्क प्रयोगात्मक परीक्षालाई पन्ध्र अङ्क निर्धारण गरिएको छ । समग्रमा यो पाठ्यांशले विद्यालय तहको नेपाली भाषाशिक्षण गर्दा अपनाउनुपर्ने शिक्षण विधि र मूल्याङकन बारेमा सैद्धान्तिक र प्रयोगात्मक ज्ञान र सिप प्रदान गर्ने ध्येय लिइएको पाइन्छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Curriculum Development Centre, Tribhuvan University