प्रत्यागमन कथामा यथार्थवाद

Authors

DOI:

https://doi.org/10.3126/cdj.v32i46.77049

Keywords:

पारिवारिक मनमुटाव, यथार्थवाद, मातृवात्सल्य, कर्तव्यपरायण, आदर्शोन्मुख यथार्थवाद

Abstract

प्रस्तुत लेखमा गुरुप्रसाद मैनालीको प्रत्यागमन कथामा यथार्थको अध्ययन गरिएको छ । यस ले खमा प्राथमिक सामग्रीका रूपमा प्रत्यागमन कथा र द्वितीयक सामग्रीका रूपमा यथार्थवादका बारे मा गरिएका अध्ययनलाई लिइएको छ । यहाँ दुवै प्रकृतिको सामग्रीको सङ्कलन पुस्तकालयीय कार्यबाट गरिएको छ । प्रस्तुत लेखमा सामग्री विश्लेषणका व्रmममा यथार्थवादको सैद्धान्तिक अवधारणालाई आधार बनाएर कथाको कथावस्तु, पात्र, परिवेश तथा भाषाशैलीमा पाइने यथार्थको विश्लेषण गरिएको छ । सामाजिक यथार्थवादी कथाकार गुरुप्रसाद मैनालीको ‘प्रत्यागमन’ कथामा सामाजिक विषयको उपयोग गरी पारिवारिक मनमुटाव र पुनर्मिलनको विषय देखाइएको छ ।  यस कथामा पारिवारिक मनमुटाव र बिछोडको अवस्थामा सामाजिक यथार्थ र पारिवारिक पुनर्मिलनको सन्दर्भमा आदर्श देखापरेको छ । कथामा आएको प्रमुख पात्र विवाहपश्चात् आफ्नो घर छाडेर जानु र अन्तिममा पुनः आफ्नै घरमा फर्किएर आउनु जस्ता व्रिmयाकलापलाई प्रस्तुत गरी कथाकारले परिवारका सदस्यहरूमा मेलमिलापको भावना रहन सकेन भने त्यसले पारिवारिक मनमुटावलाई नित्याउने गर्छ भन्ने सन्दर्भलाई यथार्थरूपमा प्रस्तुत गरी कथामा सामान्य विषयलाई लिएर दाजुभाइका बिचमा झगडा गर्नुहुँदैन र यसैलाई कारण बनाई घर छाडेर हिँड्नुहुँदैन भन्ने आदर्श विचार प्रकट गरेका छन् । प्रस्तुत कथामा नेपाली समाजको परिवारभित्र हुने मनमुटाव र कलहको यथार्थको चित्रण गरी अन्त्यमा परिवारका सदस्यका बिचमा सधैँ मेलमिलाप हुनुपर्छ भन्ने नेपाली समाजको आदर्शवादी विचारलाई प्रस्तुत गरिएको छ ।  यथार्थ घटनाको वर्णन गरी कथाको समापन आदर्शवादी विचारका साथ गरिनु आदर्शोन्मुख यथार्थवादी मान्यताका आधार मा यस लेखको प्राप्ति हो भने कथामा यथार्थलाई प्रस्तुत गरी आदर्शमा टुङ्ग्याइनु यथार्थवादी मान्यताका आधारमा सीमा हो । यस लेखमा कथाका घटना, पात्र, परिवेश र भाषामा यथार्थको प्रकटीकरण भएकाले कथा यथार्थपरक छ तथा यथार्थ घटनाका माध्यमबाट आदर्श विचारको प्रकटीकरण गर्दै घटनाव्रmम आदर्शमा टुङ्गिएकाले प्रस्तुत कथा आदर्शोन्मुख यथार्थवादी बन्न पुगे को छ भन्ने निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
12
PDF
6

Downloads

Published

2024-12-31

How to Cite

Poudyal, S. (2024). प्रत्यागमन कथामा यथार्थवाद. Curriculum Development Journal, 32(46), 287–300. https://doi.org/10.3126/cdj.v32i46.77049

Issue

Section

Nepali Language Section