कार्लो रोसी कथामा पारराष्ट्रिय चेतना
DOI:
https://doi.org/10.3126/cdj.v32i46.77048Keywords:
डायस्पोरिक चेतना, बसाइँसराइ, भौगोलिक भिन्नता, स्थानिकता, सांस्कृतिक सम्मिलनAbstract
प्रस्तुत लेखमा कथाकार राजवको ‘कार्लो रोसी’ कथामा प्रयुक्त पारराष्ट्रिय चेतनाका विभिन्न पक्षहरूको विश्लेषण गरी उक्त कथाको मूल्याङ्कन भएको छ । पारराष्ट्रिय चेतना भनेको आर्थिक, राजनीतिक र सांस्कृतिक दृष्टिकोणले राष्ट्रिय सीमाहरू पार गरेर विस्तारित हुनुपर्छ भन्ने पात्रको सचेत प्रक्रिया हो । ‘कार्लो रोसी’ कथामा अमेरिकाको नागरिकता लिएर आफ्नो मौलिक भूगोल, संस्कृति र आर्थिक अवस्थाको पृथकताका साथ राष्ट्रियतामा समेत परिवर्तन गर्ने पात्रहरूमार्पmत अभिव्यञ्जित पारराष्ट्रिय चेतनाका विभिन्न आयामहरूको अन्तर्सम्बन्धबाट उक्त कथाका पात्रहरूका जीवनचिन्तनमा देखिएका असङ्गतिले उत्पन्न गरेका समस्या र अवसरहरूको निरूपण गर्नु यस लेखको उद्देश्य हो । यसमा पारराष्ट्रिय चेतनाको विश्लेषणका निम्ति मूल रूपमा पारराष्ट्रियताका अध्येताहरू पोर्टेस (सन् १९९९) र भर्टोभेक (सन् २००९) ले स्थापना गरेका पारराष्ट्रिय चेतनाका भौगोलिक, राजनीतिक, आर्थिक एवम् पहिचानगत पक्षहरूबिचका अन्तरक्रियाबाट प्राप्त आधारभूत मान्यतालाई सैद्धान्तिक ढाँचाका रूपमा अवलम्बन गरी गुणात्मक अनुसन्धान पद्धतिअन्तर्गत पाठविश्लेषण विधि प्रयोग गरिएको छ । यसमा कथाका पात्रहरूमा भौगोलिक भिन्नता, पृथक् परिचयको लक्ष्य र सांस्कृतिक सङ्क्रमणका कारण सिर्जित कठिन परिस्थिति र त्यस आधारमा गरिने निर्णयले उत्पन्न गर्ने देशीय र परदेशीय प्रभावको मूल्याङ्कन भएको छ । ‘कार्लो रोसी’ कथामा नेपालबाट अमेरिका गई त्यहीँको नागरिकता लिएर वसोवास गर्ने पात्रहरूको परिचयमा भूगोल र सांस्कृतिक भिन्नताका कारण वैवाहिक सम्बन्धमा सांस्कृतिक रूपले रूपान्तरित निर्णय गर्न नसकी आफ्नो नवीन परिचयप्रति नै आशङ्का र अस्वीकार्यताका कारण कार्लो रोसीको पारिवारिक जीवन नै अस्तव्यस्त हुन पुगेको हुँदा पारराष्ट्रियय चेतना कलात्मक रूपमा प्रकट भएको निष्कर्ष निकालिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Curriculum Development Centre, Tribhuvan University