प्रह्लाद नाटकमा रस प्रयोग
DOI:
https://doi.org/10.3126/cdj.v32i46.77047Keywords:
आलम्बन, उद्दीपन, पर्याधार, रसविधान, विभाव, स्थायी भावAbstract
प्रस्तुत लेख नाटककार बालकृष्ण सम (१९५९–२०३८) द्वारा लिखित प्रह्लाद (१९९५) शीर्षकको पौराणिक नाटकमा रस प्रयोगको खोजी र विवेचनासँग सम्बन्धित छ । तसर्थ प्रह्लाद नाटक यस अध्ययनको आधारग्रन्थ हो । विवेच्य नाटकमा रस प्रयोगको अनुशीलन र विश्लेषणका लागि संस्कृत साहित्यको रससिद्धान्तका आधारभूत सैद्धान्तिक मान्यतालाई आधार बनाइएको छ । सो क्रममा सामग्रीको सङ्कलन पुस्तकालयीय स्रोतमा आधारित रहेर गरिएको छ । विश्लेषणका लागि नाटकको सघन र सूक्ष्म पठन गरी रस परिपाक भएका प्रतिनिधिमूलक उद्धरणहरू खोजेर रससामग्रीका आधारमा तिनको विश्लेषण गरिएको छ । मनुष्यको सर्वतोमुखी विकास र स्थायीशान्तिका लागि समन्वयवादी दृष्टिकोण आवश्यक छ । यसका लागि अध्यात्मले भौतिकवादसँग वा भौतिकवादले अध्यात्मवादसँग हात मिलाउनु अत्यावश्यक छ भन्ने मूल सार यो नाटकमा पाइन्छ । साथै रस प्रयोगका दृष्टिले भन्नु पर्दा यसमा कुन रस अङ्गीरस हो भनी निर्धारण गर्न गाह्रो छ तथापि नाटकको केन्द्रमा प्रह्लाद रहनु र उनले शान्ति एवम् सद्भावको सन्देश व्यक्त गर्नु तथा नाटकको अन्त्यमा यसैको विजय देखिनुले यसलाई शान्त रस प्रधान नाटक मान्न सकिन्छ । यो नाटक श्रीमद्भागवत महापुराणको साताँै स्कन्धको कथामा आधारित रहेको भए तापनि रस प्रयोगका दृष्टिले निकै महत्त्वपूर्ण छ । रस परिपाकका दृष्टिले यसमा वीर, रौद्र र शान्त रस नै प्रमुख देखिन्छन् भने अद्भुत, करुण, भयानक र शृङ्गार रसको पनि उल्लेख्य स्थान रहेको छ, तर हास्य र बीभत्स रस भने नाटकमा एक एक स्थानमा मात्र प्रयोग भएको देखिन्छ । यस दृष्टिले प्रस्तुत नाटकमा नौवटै रसको प्रयोग छ भन्न सकिन्छ । समग्र यस लेखमा भरतमुनिको नाट्यशास्त्रमा प्रस्तुत रससूत्रको सैद्धान्तिक अवधारणाका आधारमा नाटककार समको प्रह्लाद नाटकमा प्रयोग भएका रसहरूको खाजी र चर्चा गरी अन्त्यमा निष्कर्ष दिइएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Curriculum Development Centre, Tribhuvan University