दङ्गीशरणको आगनबाट कवितामा पर्यावरणीय चेतना

Authors

DOI:

https://doi.org/10.3126/cdj.v32i46.77046

Keywords:

अर्थव्यवस्था, पर्यावरणीय सङ्कट, पुँजीवाद, समाजवाद

Abstract

प्रस्तुत लेखमा बिन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’ कवितासङ्ग्रहमा सङ्गृहीत ‘ दङ्गीशरणको आँगनबाट’ कवितामा अभिव्यक्त पर्यावरणीय चेतनाको विश्लेषण गरिएको छ । यस कवितामा दाङ जिल्लाको ऐतिहासिक सन्दर्भलाई प्रस्तुत गर्दै वर्तमानमा भइरहेको चुरे उत्खनन र त्यसले वातावरणमा पारेको सङ्कटको चित्रण गरिएको छ । यहाँ दाङको माटो त्यहाँका आदिवासी थारूहरूले परापूर्व कालदेखि सिञ्चित गरेकाले त्यसको उपभोगका वास्तविक अधिकारी उनीहरू नै हुनुपर्ने र उनीहरूले परम्परागत रूपबाट दृष्टिकोण प्रस्तुत गरिएको छ । कविताको पर्यावरणीय अध्ययनका लागि माक्र्सवादी पर्यावरण सिद्धान्तले प्रस्तुत गरेका पर्यावरणीय जीवन्तताको फाटो, स्थिर राज्य अर्थव्यवस्थाको परिकल्पना र पर्यावरणीय समाजवादको अवधारणा गरी तीन ओटा उपकरणलाई सैद्धान्तिक ढाँचाका रूपमा उपयोग गरिएको छ । यस अध्ययनका लागि प्राथमिक र द्वितीयक  सामग्री सङ्कलन गरिएको छ । यसको सामग्रीविश्लेषण गुणात्मक पद्धतिमा आधारित छ र त्यसका लागि पाठविश्लेषण विधिको प्रयोग गरिएको छ । यसका लागि पूर्वकार्यको अध्ययनद्वारा सैद्धान्तिक ढाँचाको निर्माण गरिएको छ । यसका लागि सामाजिकआर्थिक सन्दर्भमा कवितामा प्रस्तुत माक्र्सवादी पर्यावरणीय तथ्यहरूको पहिचान एवं विश्लेषण गरिएको छ । यस कवितामा पुँजीवादी उत्पादनप्रणालीयुक्त समाजव्यवस्थाले अव्यवस्थित रूपमा गरेको चुरे क्षेत्रको उत्खननबाट वातावरणीय अवस्थामा पारेको नकारात्मक प्रभाव र पर्यावरणीय सङ्कटलाई देखाउँदै त्यसको विरोध गरिएको छ । यहाँ प्राकृतिक सम्पदामाथिको अव्यवस्थित दोहनको आर्थिक सामाजिक अन्तर्सम्बन्ध र त्यसले निम्त्याउने पर्यावरणीय सङ्कटले मानवीय अस्तित्वलाई धरापमा पार्ने हुँदा यसको अन्त्य हुनुपर्ने चिन्तन व्यक्त भएको छ । यस कवितामा पर्यावरणीय जीवन्तता कायम राख्न दीगो स्थिर राज्य अर्थव्यवस्थामा आधारित उत्पादनप्रणालीमा जोड दिनुपर्नेमा जोड दिइएको छ । पर्यावरणीय जीवन्तता कायम हुने स्थिति प्रकृतिसँग निरन्तर सहयात्रामा रहेकाहरूमा नै भूमिमाथिको उपभोगको अधिकार स्थापित भएका अवस्थामा मात्र सम्भव हुने चिन्तन व्यक्त भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
14
PDF
6

Downloads

Published

2024-12-31

How to Cite

Sharma, A. D. (2024). दङ्गीशरणको आगनबाट कवितामा पर्यावरणीय चेतना. Curriculum Development Journal, 32(46), 244–259. https://doi.org/10.3126/cdj.v32i46.77046

Issue

Section

Nepali Language Section