टाइपिस्ट कथामा लैङ्गिक सचेतना

Authors

  • त्रिभुवन Tribhuvan बरई Barai भैरहवा बहुमुखी क्याम्पस

DOI:

https://doi.org/10.3126/cdj.v31i45.68996

Keywords:

पितृसत्ता, प्रतिप्रभुत्व, लैङ्गिकता, शक्तिसम्बन्ध, समता

Abstract

प्रस्तुत लेखमा लैङ्गिक समालोचनाको सैद्धान्तिक पर्याधारको केन्द्रीयतामा भवानी भिक्षुद्वारा लिखित ‘टाइपिस्ट’ कथाको मूल्याङ्कन गरिएको छ । ‘टाइपिस्ट’ कथामा लैङ्गिक सचेतनाका केकस्ता अभिलक्षणहरूको प्रयोग गरिएको छ भन्ने जिज्ञासाको परिपूर्ति गर्नाका निम्ति यो अध्ययन गरिएको हो । प्राथमिक एवम् द्वितीयक स्रोतका सामग्रीको उपयोग गरी लैङ्गिक समालोचनाको सैद्धान्तिक पर्याधारलाई आधार मानी गुणात्मक र पाठविश्लेषणात्मक शोधविधि अपनाई यस लेखलाई पूर्णता प्रदान गरिएको छ । समन्यायको अवधारणाको अभिव्यक्ति, लैङ्गिक प्रतिप्रभुत्वको प्रस्तुति तथा महिला र पुरुषको सहकार्यात्मक सम्बन्धमा जोड गरी तीनओटा सूचकका केन्द्रीयतामा प्रस्तुत कथाको मूल्याङ्कन यस अध्ययनमा गरिएको छ । यस लेखको अन्त्यमा मानव हुनुको गरिमालाई कलङ्कित तुल्याउने लैङ्गिक विभेद र उत्पीडनलाई किनाराकृत गरी इमानदारी र जवाफदेहिताका साथ पुरुषले महिलाको र महिलाले पुरुषको अस्तित्व र अस्मितालाई स्विकार्ने, एउटा पक्षले अर्को पक्षलाई हार्दिक प्रेम गर्ने, आपसी समन्वय र सहकार्यमा जीवन बिताउनेजस्ता कुराहरूलाई सर्वोपरि महङ्खव दिँदा समाजबाट लैङ्गिक विषमता हटी सामाजिक समानता कायम भई समतामूलक समाजको स्थापना हुने र त्यस कार्यले समग्र मानवजीवनमूल्य र मानवीय श्रेष्ठता कायम भई लोकमङ्गल हुने सचेतनासम्बन्धी विचारको सञ्चार यस कथामा गरिएको एवम् यस्तो जनहितकारी विचारधारालाई जीवन्त, कलात्मक र प्रभावान्वितिपूर्ण ढङ्गले पाठकसमक्ष पु¥याउने विशिष्ट  सिर्जनात्मक सामथ्र्य कथाकार भवानी भिक्षुमा सशक्त रूपमा रहेको तथा साहित्यकारलाई लैङ्गिक समता र समविकासको केन्द्रीयतामा साहित्यिक कृतिको रचना, समालोचक र अध्येतालाई लैङ्गिक समालोचनाका आधारमा साहित्यिक कृतिको अध्ययन एवम् पाठकलाई लैङ्गिक समानता, सहकार्य र समन्यायको अवधारणाअनुसारको आचरण र व्यवहार अपनाई मानवजीवनको गरिमा, श्रेष्ठता र सार्थकता सिद्ध गर्ने कार्यमा सघाउने सार प्राप्त हुनुलाई निष्कर्षात्मक प्राप्तिका रूपमा प्रस्तुत गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
72
PDF
119

Downloads

Published

2023-12-31

How to Cite

बरई Barai त. T. (2023). टाइपिस्ट कथामा लैङ्गिक सचेतना. Curriculum Development Journal, 31(45), 278–292. https://doi.org/10.3126/cdj.v31i45.68996

Issue

Section

Articles