बुद्धः राहुलको रोदन सुनेपछि कवितामा बन्धन र मोक्ष चिन्तन

Authors

  • मनमाया Manmaya पोख्रेल Pokhrel पद्मकन्या बहुमुखी क्याम्पस, त्रि.वि.

DOI:

https://doi.org/10.3126/cdj.v31i45.68994

Keywords:

अविद्या, जीव, पुनर्जन्म र ब्रह्म

Abstract

‘बुद्धः राहुलको रोदन सुनेपछि’ कवितामा बन्धन र मोक्ष चिन्तन शीर्षकको यस लेखमा पूर्वीय दर्शनका बन्धन र मोक्षसँग सम्बन्धित अवधारणाका आधारमा बन्धन र मोक्षसम्बन्धी दार्शनिक चिन्तन प्रस्तुत गरिएको छ । यस क्रममा उपनिषद, गीता, साङ्ख्य, वेदान्त, जनक र बौद्ध दर्शनमा बन्धन र मोक्षलाई के कसरी हेरिएको छ भन्ने दार्शनिक मान्यताहरू अति सङक्षिप्त रूपमा प्रस्तुत गर्दै कविका बन्धन र मोक्षसम्बन्धी चिन्तनलाई कवितामा व्यक्त विभिन्न साक्ष्यका आधारमा विश्लेषण गरिएको छ । यस कवितामा राहुलको रोदन सुनेपछि बुद्धको मानसिकतामा जागृत सांसारिक मोह तथा विषयप्रतिको आशक्ति प्रस्तुत गर्दै अन्ततः जगत्का सबै सम्बन्ध र विषयहरू क्षणिक र अस्थायी हुन्, तिनको मोहले मनुष्यलाई चिरसुख प्रदान गर्न सक्दैन । त्यसैले त्यस्ता क्षणिक सुखमा आफू रमाउन नसक्ने भई ज्ञानरूपी ज्योति पाउन आफू अग्रसर भएको बुद्धको मानसिकतालाई कविकल्पनाद्वारा प्रस्तुत गरिएको छ । अतः यस कवितामा कविका बन्धन तथा मोक्षसम्बन्धी चिन्तन व्यक्त भएको निष्कर्ष यस लेखमा निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
61
PDF
31

Downloads

Published

2023-12-31

How to Cite

पोख्रेल Pokhrel म. M. (2023). बुद्धः राहुलको रोदन सुनेपछि कवितामा बन्धन र मोक्ष चिन्तन. Curriculum Development Journal, 31(45), 250–259. https://doi.org/10.3126/cdj.v31i45.68994

Issue

Section

Articles