‘लङ्काकाण्ड’ कथामा प्रतिविम्बित ध्वनि
DOI:
https://doi.org/10.3126/cdj.v31i45.68993Keywords:
ध्वनि, पात्रविधान, विषयवस्तु, शीर्षकविधान, सारवस्तुAbstract
प्रस्तुत लेखमा कथाकार राजेन्द्र विमलद्वारा लिखित लङ्काकाण्ड’ कथालाई संस्कृत काव्यशास्त्र परम्पराको भाववादी सिद्धान्त ध्वनिका आधारमा विश्लेषण गरिएको छ । यस लेखमा ‘लङ्काकाण्ड’ कथाका कुन विधातङ्खवबाट केकस्ता ध्वन्यार्थ अभिव्यञ्जित भएका छन् भन्ने प्राज्ञिक जिज्ञासालाई केन्द्र बनाई समाधान खोजिएको छ । वि.सं. २०६२÷०६३ सालमा तराईमा भएको आन्दोलनले आम नेपालीमा सृजना गरिदिएको समस्याका माध्यमबाट नेपालको अस्तित्व रक्षाका लागि सबै नेपाली लाग्नुपर्ने वेला आएको मुख्य विषय कथामा पाइन्छ । प्रस्तुत लेखमा ‘लङ्काकाण्ड’ कथाका शीर्षक, विषयवस्तु, सारवस्तु तथा पात्रविधानमा अभिव्यञ्जित ध्वन्यार्थ वा प्रतीयमान अर्थको निरूपण गरिएको छ । यस कथामा रामायणको पौराणिक सन्दर्भलाई आधार बनाएर शीर्षकीकरण गरिएको छ । शीर्षकबाट नै भाइ भाइको युद्धले दुवैको अस्तित्व समाप्त हुने कुरा सङ्केत गरेकाले सबै पक्ष संयमित हुनुपर्ने अवस्था आएको छ भन्ने ध्वन्यार्थ निकालिएको छ । प्रस्तुत लेखमा क्षेत्रीयता, जातीयता, वर्गीयता तथा निहित स्वार्थका लागि गरिएका आन्दोलनबाट देशको उन्नति कहिल्यै नहुने भएकाले फुटेर होइन जुटेर राष्ट्रिय हितका लागि अगाडि बढ्नुपर्छ भन्ने निष्कर्ष निकालिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Curriculum Development Centre, Tribhuvan University