नेपालमा बोलिने भाषा परिवार र तिनका भाषाहरूको विवरण

Authors

  • धर्मानन्द Dharmananda पन्त Pant महेन्द्ररत्न क्याम्पस, ताहाचल, काठमाडौं

DOI:

https://doi.org/10.3126/cdj.v31i45.68992

Keywords:

आग्नेली, चिनियाँ–तिब्बती, द्रविडेली, भारोपेली, भाषा परिवार

Abstract

नेपाल भाषिक दृष्टिले विविधतायुक्त मुलुक मानिन्छ । नेपालमा विभिन्न चार परिवारका भाषाहरूका साथै एकल परिवारको भाषा पनि बोलिन्छ । नेपालका विभिन्न जनगणनाहरूमा भाषासङ्ख्यामा घटबढ भएको देखिन्छ । नेपालमा भारोपेली परिवारका भाषाहरू ४७ वटा, चिनियाँ परिवारका भाषाहरु ७२ वटा, आग्नेली परिवारका तीनवटा, द्रवेडेली परिवारको एउटा र एकल परिवार अन्तर्गत एउटा गरी १२४ वटा भाषा बोलिन्छन् । नेपालमा भारोपेली परिवारका जम्मा ४७ वटा भाषाहरू बोलिन्छन् । भारोपेली परिवारका नेपाली, मैथली, भोजपुरी, थारू, बज्जिका, डोटेली, उर्दू, अवधी र वैतडेली भाषाका वक्ताहरू उल्लेख्य छन् । नेपालमा चिनियाँ तिब्बती परिवारका ७२ वटा भाषाहरू रहेका छन् । यीमध्ये तामाङ, नेवार, मगर,
गुरुङ, लिम्बू भाषाका वक्तासंख्या उल्लेख्य देखिन्छन् । यस परिवारका भाषाहरू धेरै सङ्ख्यामा भएपनि वक्तासङ्ख्याका दृष्टिले भारोपेली परिवारभन्दा थोरै देखिन्छ । वनकरिया भाषाका
वक्तासङ्ख्या ८६ मात्र रहेको देखिन्छ । नेपालमा आग्नेली परिवारका सन्थाली, मुण्डा र खरिया भाषा गरी जम्मा तीनवटा भाषा मात्र बोलिन्छन् । नेपालमा द्रविडेली परिवारको एक
मात्र भाषा बोलिन्छ । द्रविडेली परिवारको झाँगड÷धाँगड (उराउ) भाषा नेपालमा बोलिन्छ । नेपालमा बोलिने कुसुण्डा भाषालाई एकल परिवार अन्तर्गतको भाषा मानिन्छ । यस भाषाका
विशेषताहरू अन्य कुनै पनि भाषा परिवारसँग मिल्दैन । वि.सं. २०७८ को राष्ट्रिय जनगणनाको तथ्याङ्क अनुसार कुसुण्डा भाषाका वक्तासङ्ख्या २३ जना मात्र रहेको देखिन्छ । यस अध्ययनमा परिमाणात्मक अध्ययन ढाँचा अवलम्बन गरिएको छ । पुस्तकालयीय अध्ययन प्रक्रियाबाट सामग्री संङ्कलन, वर्णन र विश्लेषण गरिएको छ । यस लेखमा नेपालमा बोलिने भाषा परिवार र तिनका भाषाहरूको अध्ययन गर्ने मुख्य उद्देश्य राखिएको छ । राष्ट्रिय जनगणना २०७८ को जनगणनाका प्रतिवेदनलाई अध्ययनको मुख्य सामग्री बनाइएको छ ।

Downloads

Download data is not yet available.
Abstract
249
PDF
354

Downloads

Published

2023-12-31

How to Cite

पन्त Pant ध. D. (2023). नेपालमा बोलिने भाषा परिवार र तिनका भाषाहरूको विवरण. Curriculum Development Journal, 31(45), 224–236. https://doi.org/10.3126/cdj.v31i45.68992

Issue

Section

Articles