‘नक्कली’ कथामा वर्गीय शक्तिसम्बन्ध

Authors

  • गुरुप्रसाद Guruprasad पोखरेल Pokharel पद्मकन्या क्याम्पस, बागबजार, त्रिवि

DOI:

https://doi.org/10.3126/cdj.v31i45.68990

Keywords:

उच्चवर्ग, निम्नवर्ग, प्रभुत्व, वर्चस्व, सामन्तवादी विमर्शात्मक संरचना

Abstract

‘नक्कली’ कथामा तत्कालीन नेपाली समाजको वर्गयुक्त शक्तिसम्बन्ध र त्यसका आडमा निम्नवर्गमाथि गरिएको शोषक वर्गीय शक्तिसम्बन्धलाई देखाइएको छ । सर्वेक्षण, सूक्ष्म पठन तथा पाठविश्लेषणको विधि प्रयोग गरी समग्रमा विश्लेषणात्मक विधिमार्फत सामान्यीकृत निष्कर्ष प्रस्तुत गरिएको यस कथामा सांस्कृतिक अध्ययनअन्तर्गत वर्गीय शक्तिसम्बन्धको
खोजी र विश्लेषण गरिएको छ । सीमान्तीकृत समुदायको निम्नवर्गीय आर्थिक अवस्थालाई देखाइएको यस कथामा ग्रामीण जीवनका निम्नवर्गीय पीडा, दुःख र सङ्घर्षको प्रस्तुति छ ।
सामन्त वर्ग र त्यसबाट उत्पीडित निम्नवर्गको प्रतिनिधित्व गराइएको यसमा उच्चवर्गीय सामन्त धर्मवीरले शोषक वर्ग र निम्नवर्गीय सन्तवीर तथा मानेले शोषित वर्गको प्रतिनिधित्व गरेका छन् । यस कथामा तत्कालीन समाजमा विद्यमान उच्चवर्गद्वारा स्थापित ज्ञान, सत्ता, शक्ति, प्रभुत्व, वर्चस्वकै कारण वस्तुको उत्पादन, उपभोग र वितरणका साधनमाथि उच्चवर्गीय अधीनस्थता रहेको हुनाले निम्नवर्गमाथि अमानवीय ढङ्गको अत्याचार, विभेद, शोषण, दमन र उत्पीडन भएको देखिन्छ । यसो हुनमा तत्कालीन समाजमा स्थापित सामन्ती ढाँचाको विमर्शात्मक संरचना नै मुख्य कारण हो । यसमा उच्चवर्गले निम्नवर्गमाथि उत्पीडनकारी र दमनकारी व्यवहार मात्र गरेको छैन चरम अधीनस्थ अवस्थामा पु¥याई सामाजिक प्रभुत्व पनि कायम गरेको छ । उच्चवर्गकै कारण निम्नवर्ग व्यक्तिगत र सामाजिक न्याय, श्रमको मूल्य र सत्तासम्बन्धबाट वञ्चित हुनगई चरम विभेद, शोषण, दमन र उत्पीडनमा परेको देखिन्छ । तत्कालीन सामन्ती विवर्शात्मक संरचनामा सामन्त वर्गको उच्चवर्गीय नाइके धर्मवीरको षड्यन्त्रमा सन्तवीरजस्ता निम्नवर्गीय गाउँलेहरू पर्नुपरेको छ । तत्कालीन वर्गयुक्त समाजमा एक वर्गले अर्को वर्गमाथि गर्ने विभेद, शोषण, दमन र उत्पीडनको स्वरूपलाई निष्कर्षका रूपमा प्रस्तुत गरिएको यस कथामा तत्कालीन सामन्तवादी÷ पुँजीवादी वर्गयुक्त समाज र सामाजिक संरचना भएकै कारणले त्यस बेलाको विमर्शात्मक संरचना निम्न वर्गमाथि सत्ता र शक्तिको पहुँचका कारण शोषण गर्न कुन हदसम्म उद्धत थियो भन्ने कुरा देखाइएको छ ।

Downloads

Download data is not yet available.
Abstract
190
PDF
46

Downloads

Published

2023-12-31

How to Cite

पोखरेल Pokharel ग. G. (2023). ‘नक्कली’ कथामा वर्गीय शक्तिसम्बन्ध. Curriculum Development Journal, 31(45), 193–208. https://doi.org/10.3126/cdj.v31i45.68990

Issue

Section

Articles