साल्गीको बलात्कृत आँसु कथामा बाह्यसीमित दृष्टिविन्दुको प्रयोग Salgiko Balatkrit Aansu Kathama Bahyasimit Drishtibinduko Prayog
DOI:
https://doi.org/10.3126/cdj.v29i43.41090Keywords:
असंलग्न समाख्याता, दृष्टिविन्दुपात्र, मनोविश्लेषण, सीमान्त र संवेदनाAbstract
प्रस्तुत लेखमा बाह्यसीमित दृष्टिविन्दुको सैद्धान्तिक मान्यताका आधारमा कथाकार पारिजातद्वारा लिखित ‘साल्गीको बलात्कृत आँसु’ कथाको अध्ययन गरिएको छ । उनको प्रस्तुत कथामा प्रयुक्त बाह्यसीमित दृष्टिविन्दुको वैशिष्ट्य कस्तो छ भन्ने जिज्ञासाकोे परिपूर्ति गर्नका लागि यो अध्ययन गरिएको हो । बाह्यसीमित दृष्टिविन्दुको सैद्धान्तिक पर्याधारलाई आधार बनाई प्राथमिक एवम् द्वितीयक स्तरको सामग्रीको उपयोग गरी निगमनात्मक, गुणात्मक र पाठविश्लेषणात्मक शोधविधि अपनाई यहाँ निष्कर्ष निकालिएको छ । प्रस्तुत कथामा प्रयुक्त दृष्टिविन्दुको पद्धतिसँग सम्बद्ध पक्षको अध्ययन असंलग्न समाख्याता, कथानकीय सन्दर्भ, पात्रविधानगत अवस्था, एकल पात्रको मनोविश्लेषण एवम् सारवस्तुको प्रस्तुतीकरण र बोधको माध्यम जस्ता उपकरणका आधारमा गरिएको छ । यसैगरी, उक्त कथामा साल्गीलाई दृष्टिविन्दुपात्रका रूपमा आबद्ध गर्नुका कारणहरूको विश्लेषणमा सीमान्तीयता, लैङ्गिकता, जातीयता, आर्थिक अवस्था र नारीवादी डिस्कोर्स जस्ता मानदण्डलाई अपनाइएको छ भने साल्गीको चरित्रनिर्माणमा प्रयुक्त मनोविश्लेषणात्मक आधारहरूको अध्ययन जीवनमूलप्रवृत्ति, मृत्युमूलप्रवृत्ति, आत्मरतिग्रन्थि, अचेतन र चेतन मन जस्ता मानकका आधारमा गरिएको छ । बाह्य सीमित दृष्टिविन्दुको प्रयोगले प्रस्तुत कथाको संरचनात्मक र अर्थीय दुवै पक्षको निर्माणमा महत्त्वपूर्ण भूमिका खेली कथालाई कलात्मक, सौन्दर्यपूर्ण र मानवीय संवेदनायुक्त बनाएको कुरा यस अध्ययनमा प्राप्त गरिएको छ । अन्त्यमा, उक्त दृष्टिविन्दुको प्रयोगले प्रस्तुत कथाका आयामगत लघुता, आख्यानको एकान्विति, आफैमा पूर्णता, प्रभावान्विति, पृथक् रचनाविधानगत पद्धतिप्रतिको आबद्धता, मानवीय जीवनको खण्डात्मक चित्रण जस्ता वैशिष्ट्यहरू परिपाकमा पुग्नुले कथाकार पारिजातमा कथा सिर्जना गर्ने शिल्प र सामथ्र्य बेजोड रहेकोे निष्कर्ष निकालिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Curriculum Development Centre, Tribhuvan University