‘अभागी’ कथाको समाजशास्त्रीय अध्ययन 'Abhagi' Kathako Samajshastriya Adhyayan
DOI:
https://doi.org/10.3126/cdj.v0i42.33243Keywords:
समाजशास्त्रीय, परिवेश, प्रायोगिक, माक्र्सवादी, मनोविज्ञान, कर्तव्य, अन्धविश्वासी, सर्जक, samajshastriya, Pariwesh, Prayogik, Marxvadi, Manbigyan, Kartavya, Andhabiswashi, sarjakAbstract
प्रस्तुत अध्ययनमा गुरुप्रसाद मैनालीको अभागी कथामा देखिएको मूल प्रकृतिलाई समेट्ने प्रयत्न भएको छ । कथालाई हिप्पोलाई अडोल्फ तेनद्वारा प्रतिपादित समाजशास्त्रका प्रजाति, क्षण र परिवेशका आधारमा विश्लेषण गरिएको छ । साहित्यिक समाजको अध्ययनमा प्रजाति, क्षण र परिवेशले महङ्खवपूर्ण भूमिका खेल्ने हुनाले विविध मान्यतामध्ये प्रजाति, क्षण र परिवेशले व्यक्तिका, भाषा, संस्कृति, रहनसहन परिस्थिति आदिमा साहित्य र समाजको अध्ययन गर्न सकिन्छ भन्ने विचार प्रस्तुत गरिएको छ । सिर्जना समाजभन्दा भिन्न रहन सक्दैन, सर्जक समाजबाटै जन्मिन्छ र आफ्ना सिर्जनाका विषयबस्तु पनि उसले समाजबाट नै लिएको हुन्छ । त्यसैले साहित्य समाजबाट भिन्न रहन सक्दैन भन्ने धारणा रहेको पाइन्छ । तेनले प्रजातिको विकासमा डार्विनको सिद्धान्तबाट पनि प्रभाव ग्रहण गरेका छन् । उनले साहित्यको अध्ययनबाट त्यस समयका मान्छेका भावना विचार र जीवन अवस्था बोध्य हुन्छ भनेका छन् ।
साहित्यको समाजशास्त्रीय अध्ययनमा समय तथा युगको खोजलाई समाजमा मान्छे एक्लो हुँदा ऊ प्रकृति तथा सामाजिक वातावरणद्वारा घेरिएको हुन्छ । त्यसैले वातावरणको प्रभावमा एउटा मेसिनले जस्तो साहित्यकारको मस्तिष्कले कार्य गरेको हुन्छ । साहित्यिक कृतिमा प्रजाति, क्षण र परिवेशको आधारमा अभागी कथाको समाजशास्त्रीय विश्लेषण गर्दा घटनाक्रम आएका छन् । तिनलाई तेनको समाजशास्त्रीय प्रवृत्तिगत विशिष्टताको तथ्यपूर्ण विश्लेषण गर्ने प्रयास यस अध्ययनमा गरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Curriculum Development Centre, Tribhuvan University