आधारभूत विद्यालय तहमा शिक्षण सिकाइको अवस्था {Teaching learning situation at basic level school}

Authors

  • होमबहादुर Hom Bahadur बस्नेत Basnet

DOI:

https://doi.org/10.3126/cd.v16i1.48168

Keywords:

आधारभूत विद्यालय, सिकाइ उपलब्धि, शैक्षणिक क्रियाकलाप, अतिरिक्त क्रियाकलाप, basic school, learning achievement, academic activities, extracurricular activities

Abstract

विद्यार्थीहरूको सिकाइ उपलब्धि विद्यालयमा सञ्चालन गरिने शिक्षण सिकाइको अवस्थामा निर्भर हुन्छ । यही सिकाइ उपलब्धिको औषत मापदण्ड औषतमानको वरिपरि र कतिपय विषयमा कम रहेको वास्तविकता एकातिर रहेको छ भने शिक्षण सिकाइ क्रियाकलापले त्यसमा कसरी भूमिका खेलेका छन् भन्ने अर्को तिर प्रश्न उत्पन्न हुने गर्दछ । यही अवस्थालाई आधार मानी आधारभूत सामुदायिक विद्यालयको शिक्षण सिकाइको अवस्था पहिचान गरी विश्लेषण गर्न प्रस्तुत अध्ययन केन्द्रित रहेको छ । यस खोजी कार्यलाई अघि बढाउन परिमाणात्मक र गुणात्मक दुबै ढाँचालाई आधार मानिएको छ । अध्ययनमा सूचना एवम् तथ्याङक सङ्कलनका लागि दस्तावेज अध्ययन र गहिरो अन्तर्वार्ताको  प्रयोग गरिएको छ । उक्त सङ्कलित तथ्याङ्कहरूलाई तथ्याङ्कशास्त्रीय एवम् थेमाटिक विश्लेषण प्रक्रिया अवलम्बन गरी निष्र्कष निकालिएको छ । आधारभूत तहमा विद्यार्थीहरूको कक्षागत र विषयगत औसत सिकाइ उपलब्धि राम्रो रहेको छ तर क्रमशः माथिल्ला कक्षाहरूमा तुलनात्मक रूपमा सिकाइ उपलब्धिमा कमी हँुदै गएको   पाइन्छ । आधारभूत तहको पाठ्यक्रमले विद्यार्थीहरूमा सिकाइ उपलब्धिको विकास गर्न विद्यार्थी केन्द्रित शिक्षण विधिहरूको प्रयोग गरी शिक्षक सिकाइ प्रक्रिया सञ्चालन गर्नु पर्नेमा जोड दिए तापनि शिक्षकहरूले कक्षा शिक्षणमा शिक्षक केन्द्रित शिक्षण विधिहरूको आधारमा शैक्षणिक प्रक्रिया सञ्चालन गर्ने गरेको देखिन्छ । पाठ्यक्रमभन्दा पाठ्यपुस्तक र शिक्षक निर्देशिकालाई शैक्षणिक प्रक्रियाको आधारको रूपमा शिक्षकहरूले लिएका छन् । शिक्षकहरूले अतिरिक्त क्रियाकलापलाई शैक्षणिक प्रक्रियाको परिपूरकका रूपमा लिई नियमित रूपमा यस्ता क्रियाकलापहरू विद्यालयमा सञ्चालन गरेको पाइएको छ ।

The learning achievement of the students depends on the condition of teaching and learning conducted in the school. On the one hand, the reality is that the average standard of learning achievement is around the average and even less in some subjects, on the other hand, the question arises as to how the teaching and learning activities have played a role in it. Based on this situation, the present study is focused on identifying and analyzing the teaching and learning situation of basic level public schools. Both quantitative and qualitative methods have been considered as the basis for this research. In the study, document study and in-depth interviews have been used to collect information and statistics. The collected data have been concluded by adopting the statistical and thematic analysis process. At the basic level, the class and subject average learning achievement of the students is good, but it is found that the learning achievement is decreasing in the higher classes. Although the basic level curriculum emphasizes the need to conduct teacher learning process using student-centered teaching methods to develop learning achievement in students, it seems that teachers conduct educational process based on teacher-centered teaching methods in classroom teaching. Teachers have taken textbooks and teachers' manuals as the basis of the educational process rather than the curriculum.  It has been found that teachers take extracurricular activities as a supplement to the educational process and regularly conduct such activities in schools.

Downloads

Download data is not yet available.
Abstract
126
PDF
222

Downloads

Published

2022-09-08

How to Cite

बस्नेत Basnet ह. H. B. (2022). आधारभूत विद्यालय तहमा शिक्षण सिकाइको अवस्था {Teaching learning situation at basic level school}. CHINTAN-DHARA, 16(1), 77–86. https://doi.org/10.3126/cd.v16i1.48168

Issue

Section

Articles