नेपालमा भर्चुअल शिक्षण सिकाइको प्रयोग {Use of virtual teaching learning in Nepal}

Authors

  • रमेशप्रसाद Ramesh Prasad लुइटेल Luitel

DOI:

https://doi.org/10.3126/cd.v16i1.48165

Keywords:

भर्चुअल, नेट, इन्टरनेट, वाइफाई, vitual, net, Internet, WiFi

Abstract

प्रस्तुत लेख ‘नेपालमा भर्चुअल शिक्षण सिकाइको प्रयोग’ भन्ने शीर्षकमा तयार पारिएको छ । यसको मुख्य उद्देश्य भर्चुअल शिक्षण सिकाइको विकास कसरी भयो र यसलाई भविष्यमा कसरी अझ व्यवस्थित गर्न सकिन्छ भन्ने रहेको छ । यो अध्ययनमा मूलतः द्वितीय स्रोतको माध्यमबाट तथ्याङ्क सङ्कलन गरिएको छ । अध्ययनको क्रममा यस्तो शिक्षणमा संलग्न शिक्षक र सिकाइमा संलग्न विद्यार्थीहरूसंग बसेर उनीहरूलाई के कस्ता समस्या परे र त्यसलाई प्रभावकारी ढङ्गले निराकरण गर्न के गर्नु पर्छ भनी सोधपुछ गरी उनीहरूबाटै केही समाधानका उपाय समेत पत्ता लगाउन खोजिएको छ भने शिक्षकहरूसँग अन्तर्वार्ता प्रश्नावलीमार्फत् उहाँहरूले गर्नुभएको प्रयास परेका समस्या र कठिनाइका विषयमा जानकारी लिइयो । विद्यार्थीहरूलाई प्रश्नावली भराई उनीहरूको सिकाइको अवस्था र आएका समस्याका सम्बन्धमा जानकारी लिइयो । यस्तो प्रकारको शिक्षण सिकाइ खास गरी नेपालको पहिलो अभ्यास हो । कुनै पनि कुरा आकस्मिक रूपमा झट्ट एकैपटक लागु गर्दा स्वभाविक रूपमा त्यसभित्र धेरै समस्या त आउँछन् नै तर केही कुरा अवश्य पनि सिकिन्छ । सिकेको कुराले मात्र पुनः भविष्यमा त्यसलाई अझै व्यवस्थित ढङ्गले अगाडि बढाउन सकिन्छ भन्ने नै यसको मुख्य आशय हो । यसको प्रयोगबाट सिकाइ रोचक हुने काममा धेरै व्यस्त भई औपचारिक रूपमा सिक्नबाट बञ्चित भएकालाई फाइदा पुग्ने र सङ्क्रमणकालीन अवस्थामा समेत यसबाट सिक्न सकिन्छ भन्ने अनुभव प्राप्त भयो तर पनि भौगोलिक विकटता, पर्याप्त भौतिक सुविधा र पूर्वाधारको कमी, गरिबी, आवश्यक सिप र तालिमको अभावले गर्दा यस्तो प्रक्रिया सबैतिर तुरून्त प्रयोग गर्न कठिन हुन्छ । यस्तो समस्यालाई समाधान गरी यसलाई क्रमशः व्यापक रूपमा प्रयोग गर्दै लान क्रमशः अति दुर्गम स्थानमा पनि क्रमिक रूपले भौतिक पूर्वाधार जस्तै बिद्युत, इन्टरनेट जडानको व्यवस्था मिलाई सुविधाविहीन वर्गलाई पहुँचमा ल्याउन विभिन्न कार्यक्रम ल्याई शिक्षण गर्ने व्यक्तिलाई तालिम दिने, गरिबीको रेखामुनिका वर्गलाई आवश्यक पर्ने सामग्री मोवाइल, ल्यापटपको व्यवस्था मिलाई अब परीक्षा समेत त्यस्तै प्रविधिबाट लिन सक्ने विश्वसनीय माध्यमको विकास गर्न सके यस्तो प्रकारको प्रयोग शैक्षिक इतिहासमा नै नयाँ हुने देखिन्छ ।

The presented article has been prepared under the title "Use of Virtual Teaching and Learning in Nepal". Its main purpose is to explore how virtual teaching and learning has developed and how it can be more organized in the future. In this study, the data have basically been collected through secondary sources. In addition, in the course of the study, by asking the teachers and students what kind of problems they encountered and what should be done to solve them effectively, it has also been tried to find out some solutions from them. The students were asked to fill out a questionnaire and get information about their learning situation and the problems encountered. This kind of teaching and learning is the first practice, especially in Nepal. When anything is suddenly applied at once, naturally many problems arise in it, but some things are certainly learned. Its main intention is that it can be carried forward in a more systematic manner in the future only using the things learned. Through its use, it was learned that it would benefit those who are too busy with work, and are deprived of formal teaching-learning, and can learn from it even in the pandemic situation. However, due to geographical remoteness, lack of sufficient physical facilities and infrastructure, poverty, lack of necessary skills and training, virtual teaching learning is difficult to adopt everywhere immediately. By solving this problem and using it widely, even in very remote places, by arranging physical infrastructures such as electricity, and internet connection, bringing various activities to the underprivileged, training teachers, and providing materials such as mobile phones and the laptops needed by the pupil below poverty line. It seems that this type of use will be new transition in the history of education if it is possible to develop a reliable means of taking the exam using the same technology.

Downloads

Download data is not yet available.
Abstract
69
PDF
67

Downloads

Published

2022-09-08

How to Cite

लुइटेल Luitel र. R. P. (2022). नेपालमा भर्चुअल शिक्षण सिकाइको प्रयोग {Use of virtual teaching learning in Nepal}. CHINTAN-DHARA, 16(1), 48–56. https://doi.org/10.3126/cd.v16i1.48165

Issue

Section

Articles