नेपाली विज्ञानकथासङ्ग्रहका कथामा विज्ञानप्रविधिपरक चेतना
DOI:
https://doi.org/10.3126/bpjms.v3i01.76243Keywords:
अन्तर्ग्रहीय अवस्था, स्वैरकल्पना, संज्ञानात्मक तार्किकता, यन्त्रमानव, युटोपियाAbstract
प्रस्तुत आलेखमा सुनील पोखरेलद्वारा सम्पादित ‘नेपाली विज्ञानकथासङ्ग्रह’ कृतिमा समाविष्ट कथाहरूलाई पाठका रूपमा लिई ती कथामा प्रयुक्त विज्ञान र प्रविधिका विभिन्न पक्षहरूको विश्लेषण गरेर कथामा प्रयुक्त वैचारिकताको निरूपण गरिएको छ र यो आलेख साहित्यविषयक भएकाले गुणात्मक प्रकृतिको रहेको छ । पुस्तकालयबाट सामग्रीसङ्कलन गरी ‘नेपाली विज्ञानकथासङ्ग्रह’ भित्रका विभिन्न कथाकारका एक्काइस कथाहरूमध्ये सोद्देश्य नमुनाछनोट विधिद्वारा चयनित कथामा यन्त्रमानवको प्रयोग र मानवको यान्त्रीकरणको अभिव्यक्ति सघनरूपमा आएका कथालाई यिनै पक्षहरूमा केन्द्रित भएर विश्लेषण र मूल्याङ्कन गर्नु यस लेखको उद्देश्य हो । यसमा कथाविश्लेषणका लागि विज्ञानपरक अध्ययनका आधारभूत मान्यताहरूलाई अवधारणात्मक ढाँचाका रूपमा अवलम्बन गरिएको छ र पाठगत तथ्याङ्क सङ्कलन गरी कथाको सघन विश्लेषण गरिएको छ । त्यसका निम्ति आवश्यक पर्ने पर्याधारका रूपमा मानिसले बनाएको यन्त्रमानवको प्रयोग र यन्त्रमानव बन्दैगइरहेको आजको मानिसलाई मूल विषय बनाइएको छ र यी कुराहरू पाठमा केकसरी अभिव्यञ्जित भएका छन् भन्ने कुरा कथांशहरूका साक्ष्यहरूद्वारा स्पष्ट पारिएको छ । विज्ञानप्रविधिको प्रयोगबाट मान्छेले यन्त्रमानवको आविष्कार गरेर मानवीय सुखसुविधालाई जसरी बढाउँदै लगे पनि ऊ स्वयम् नै यन्त्रमानवजस्तै हुँदै गइरहेको यथार्थलाई यस सङ्ग्रहका विज्ञानकथाले प्रस्तुत गरेका छन् । यी कथाहरूमा पनिमान्छेले बनाएको यन्त्रमानवको उपस्थिति र यन्त्रमानवजस्तै मान्छे स्वयम् पनि यन्त्रमा पविर्तित हुँदैगएको स्थितिलाई देखाइएको छ । प्रस्तुत सङ्ग्रहका कथामा आएकायिनै सन्दर्भमा केन्द्रित भएर ‘नेपाली विज्ञानकथासङ्ग्रह’ का कथाहरूको विश्लेषण गरिएको छ । यसरी यस आलेखमा विद्युतीय शक्तिबाट चल्ने यन्त्रहरूले नै आजका मान्छेको जीवनशैली परिवर्तन गरेका छन् र यन्त्रबाट नै उनीहरू परिचालित बनेका कारण मान्छेमा संवेदना मर्दैगइरहेको छ भन्ने निष्कर्ष निकालिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
CC BY-NC This license allows reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.