जीवनदर्शनमा नेपाली संस्कृति र समाजको प्रभाव {Influence of Nepali Culture and Society on life Philosophy}
DOI:
https://doi.org/10.3126/bpjms.v1i1.55694Keywords:
समाजदर्शन, सांस्कृतिक समन्वय, धर्मदर्शन, अन्तर्घुलन, जीवनदर्शन, Dharmadarshan, SamajdarshanAbstract
यो लेख सैद्धान्तिक विषयसँग सम्बद्ध रहेको छ । नेपालको सन्दर्भमा संस्कृति, समाज, दर्शन र जीवन अन्तःसम्बन्धित छन् । कुनै एउटा विषयलाई समाउँदा अन्य विषयहरू पनि सँगै आउँछन् । हाम्रो समाजको संरचना नै यस्तो छ कि हामी चाहेर, नचाहेर, जानेर, नजानेर पनि संस्कृतिका सम्वाहकहरू हौँ । हाम्रो समाजको निर्माण साझा भावना, विचार, व्यवहार र कर्मबाट निर्मित र परिचालित छ । हामी नजानेरै संस्कृतिका सम्बाहक, समाजका निर्माता, दर्शनका अनुयायी भएर जीवन चलाइरहेका छौँ । जति छिटो यस कुराको बोध हामीलाई हुन्छ त्यति नै हामी र हाम्रो समाजलाई यसले लाभ गर्छ भन्ने यस लेखको मुख्य निष्कर्ष रहेको छ । यस लेखमा तार्किक प्रश्नहरू गरिएको छ र तिनको प्राज्ञिक उत्तर दिने प्रयत्न गरिएको छ । हाम्रो समाज सांस्कृतिक समन्वयमा अडेको छ । बहुजातीय, बहुभाषिक अनि बहुसांस्कृतिक मुलुकका नागरिक भएका नाताले यस परम्परालाई जोगाएर राख्नु हाम्रो कर्तव्य हो । जीवन र जगत्का यथार्थहरूको जानकारी हामीलाई दर्शनले गराउँछन् भने जीवनमा सामूहिक भावना र सांस्कृतिक श्रेष्ठता हाम्रा दायित्वभित्रका कुरा हुन् भन्ने मूल सन्देश प्रवाह गर्नु यस लेखको उद्देश्य रहेको छ । हाम्रो जीवनदर्शनमा संस्कृति र समाजको गहिरो प्रभाव परेको हुन्छ भन्ने निचोड यस लेखको रहेको छ । विश्लेषण विधिका माध्यमले तार्किक निष्कर्षमा पुग्ने काम यस लेखमा गरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
CC BY-NC This license allows reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.