शिक्षण अभ्यास कार्यक्रममा सुपरिवेक्षक, शिक्षक र छात्र शिक्षकको दृष्टिकोण {Perspective of Supervisor, Teacher, and Student-Teacher on Teaching Practice Programs}
DOI:
https://doi.org/10.3126/bns.v27i1.66556Keywords:
छात्र शिक्षक student teacher, लघु शिक्षण micro teaching, शिक्षण अभ्यास teaching practice, सहपाठी शिक्षण peer teaching, सुपरिवेक्षक supervisorAbstract
प्रस्तुत लेख त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्कायअन्तर्गत स्नातक, अधिस्नातक र स्नातकोत्तर तहमा सञ्चालन गरिने शिक्षण अभ्यास कार्यक्रमसँग सम्बन्धित छ । यस लेखको उद्देश्य शिक्षण अभ्यास कार्यक्रममा संलग्न सुपरिवेक्षक तथा छात्र शिक्षकको दृष्टिकोणका आधारमा प्रभावकारिताको पहिचान गर्नु रहेको छ । गुणात्मक ढाँचामा आधारित यस अध्ययनमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतका लुम्बिनी र कर्णाली प्रदेशमा अवस्थित आङ्गिक, सम्बन्धन प्राप्त सामुदायिक र निजी गरी ५ वटा क्याम्पसका छात्र शिक्षक र सुपरिवेक्षक गरी उद्देश्यमूलक नमुना छनोट विधिका माध्यमबाट १० जना सहभागीलाई छनोट गरिएको छ । अन्तरर्वार्ता र सघन समूह छलफलबाट प्राप्त तथ्यलाई कोडिङ गरी कोडलाई समूहीकृत गर्दै तिनबाट थिम निर्माण गरी थिमगत रूपमा विश्लेषण गरिएको छ । प्राप्त तथ्याङ्कलाई विभिन्न अभ्यास शिक्षणका प्रचलित नीतिगत मान्यता तथा पूर्वअध्ययनसँग जोडेर व्याख्या तथा विश्लेषण गरी निष्कर्ष निकालिएको छ । अध्ययन क्षेत्रमा शिक्षण अभ्यास कार्यक्रमको प्रभावकारिताका सम्बन्धमा सहभागीबाट मिश्रित अभिव्यक्ति पाइयो । अभ्यास शिक्षणले छात्र शिक्षकहरूमा आत्मविश्वास बढाएको, शिक्षण सिपको विकास भएको, शिक्षण गर्ने सक्षमता वृद्धि भएको निष्कर्ष निकालिएको छ । साथै सुपरिवेक्षक तथा छात्र शिक्षकको लगनशीलता, नियमितता र समर्पणको कमीका कारण यसले राखेका अपेक्षाहरू वास्तविक रूपमा पूरा हुन नसकेको अवस्था पनि यस अध्ययनबाट उजागर भएको छ । यसको कार्यान्वयन पक्षमा विशेष ध्यान दिई अभ्यास शिक्षण कार्यक्रमले राखेका उद्देश्यहरू हासिल हुने गरी प्रभावकारी कार्यान्वयन संयन्त्र विकास गर्नु आवश्यक छ । मूलतः छात्र शिक्षकलाई पेसागत दक्षता विकासका लागि समर्पित बनाई यसमा संलग्न निकाय तथा सुपरिवेक्षकलाई जिम्मेवार बनाउन सकेमा छात्र शिक्षकमा अपेक्षित शिक्षण सिप विकास गरी दक्ष शिक्षक उत्पादन गर्ने पाठ्यक्रम अपेक्षित लक्ष्य हासिल हुन सक्छ ।
{
The present article deals with the teaching practice program conducted at undergraduate, postgraduate, and masters levels under the Faculty of Education, Tribhuvan University.
This article aims to identify the effectiveness of teaching practice programs based on the perspectives of supervisors and student teachers. Based on the qualitative research framework, 10 participants were selected through purposive sampling as student teachers and supervisors from 5 campuses in Lumbini and Karnali provinces under Tribhuvan University, affiliated community, and private. The facts obtained from interviews and intensive group discussions were coded and the codes were grouped and themes were created and analyzed thematically. The obtained data has been interpreted and analyzed in connection with the prevailing policy and pre-studies of various practice teaching and conclusions have been drawn. Regarding the effectiveness of the teaching practice program in the study area, there were mixed expressions from the participants. It has been concluded that practice teaching increased confidence in student teachers, developed teaching skills, and increased teaching ability. Also, due to the lack of diligence, regularity and dedication of supervisors and student teachers, it has been revealed that the expectations set by it have not been met in reality. It is necessary to develop an effective implementation mechanism so that the objectives set by the teaching practice program are achieved with special attention to its implementation aspect. Basically, if it is possible to dedicate the student teachers to the development of professional competence and make the involved bodies and supervisors responsible, the expected goal of the course to produce skilled teachers by developing the expected teaching skills in the student teachers can be achieved.}
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2024 Author
This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.