परिवर्तित सन्दर्भमा नेपाली शिक्षणका वैकल्पिक विधि

Authors

  • नारायणप्रसाद Narayan Prasad पन्त Pantha Tribhuvan University

DOI:

https://doi.org/10.3126/bns.v24i1.62523

Keywords:

कोभिड १९, वैकल्पिक, प्याराडाइम सिफ्ट, अनलाइन, सिकाइ सहजीकरण

Abstract

विभिन्न समयमा देखिएका महामारीले मानव जीवनमा गम्भीर असर पार्दै आएका छन् । यही क्रममा चिनबाट सुरु भएको कोरोना भाइरस (कोभिड १९) को असरले आज विश्वसमुदाय त्रसित छ । अहिले कोरोना महामारीका कारण विश्वका अधिकांश देशहरू शैक्षिक, आर्थिक, राजनैतिक, सामाजिक र सांस्कृतिक रूपमा क्षतविक्षत भएका छन् । गरिबी, बेरोजगारी र भोकमरी जस्ता समस्याबाट ग्रसित छन् । यसले गर्दा शैक्षिक क्यालेन्डरमा समेत क्रमभङ्ग भएको छ । प्रस्तुत लेखमा परिवर्तित सन्र्दभमा नेपाली शिक्षणका वैकल्पिक विधिका विषयमा अध्ययन गरिएको छ । यस क्रममा इन्टरनेट र पुस्तकालयीय स्रोतबाट सामग्री सङ्कलन गरिएको छ । विभिन्न अनलाइन, भर्चुअल बैठक तथा प्रत्यक्ष भेटघाट गरी विद्वान्का विचारबाट सामग्री बटुलिएको छ । अध्ययनमा तुलनात्मक तथा विश्लेषण विधिको उपयोग गरिएको छ । यस लेखमा विषयपरिचय, समस्याकथन, उद्देश्य, अध्ययन विधि, अनलाइन सिकाइ, राज्यको नीति र चुनौती, कोभिड १९ र सोचाइमा परिवर्तन वा प्याराडाइम सिफ्ट, नेपाली शिक्षणमा अनलाइनको उपयोग, सुझाव र अन्त्यमा निष्कर्ष प्रस्तुत गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
50
PDF
75

Author Biography

नारायणप्रसाद Narayan Prasad पन्त Pantha, Tribhuvan University

Butawal Multiple Campus, Butawal

Downloads

Published

2020-12-31

How to Cite

पन्त Pantha न. N. P. (2020). परिवर्तित सन्दर्भमा नेपाली शिक्षणका वैकल्पिक विधि. Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा), 24(1), 165–182. https://doi.org/10.3126/bns.v24i1.62523

Issue

Section

Articles