नेपालमा उच्च शिक्षाका नेताको नेतृत्व संसार

Authors

  • सूर्यप्रसाद Surya Prasad अधिकारी Adhikari Tribhuvan University

DOI:

https://doi.org/10.3126/bns.v24i1.62520

Keywords:

उच्च शिक्षा, नेतृत्व, न्यारेटिभ इन्क्वायरी, अनुभव, गुणात्मक अनुसन्धान

Abstract

उच्च शिक्षामा सक्रिय सहभागीका रूपमा प्राध्यापक, कर्मचारी र विद्यार्थीहरू रहेका हुन्छन् । उच्च शैक्षिक संस्थाका रूपमा नेपालमा बाह्रवटा विश्वविद्यलयहरूका साथमा आङ्गिक र सम्बन्धन प्राप्त क्यम्पसहरू सञ्चालनमा छन् । क्याम्पसका प्रमुखहरू आवश्यकताका आधारमा प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूको सरसहयोग लिनुपर्ने कुरा यसको सञ्चालनसम्बन्धी नीतिगत व्यवस्था गरिएको छ । त्यस्तै क्याम्पसमा  प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूका हक अधिकारका निम्ति आआफ्नै पेसागत सङ्घ र सङ्गठनहरू भएकाले त्यसको नेतृत्व राजनीतिबाट टाढा रहन सक्दैन । यस अध्ययनको उद्देश्य उच्च शिक्षाका शैक्षिक नेतृत्वको  व्यक्तिगत, सामाजिक र राजनीतिक पेसागत भोगाई अनुभवको अध्ययन गर्नु रहेको छ । उच्च शैक्षिक संस्थाअन्तर्गत त्रिभुवन विश्वविद्यालयको क्याम्पसको नेतृत्व सम्हालेका शैक्षिक तथा प्रशासनिक नेतृत्व लिएका एक शैक्षिक प्रशासक नेताले भोगेका व्यक्तिगत अनुभव संसारको बारेमा न्यारेटिभ विधिद्वारा कथाको विकास गरिएको छ । उनलाई उद्देश्यमूलक नमुना छनोट विधिका आधारमा छनोट गरिएको छ । त्रिभुवन विश्वविद्यालयमा पनि नेपालका अन्य प्रशासनिक क्षेत्रमा जस्तै राजनीति भागबन्डाबाट पदाधिकारीको पदस्थापन गरिन्छ । शिक्षक, कर्मचारी, विद्यार्थी र सहकर्मीहरूको उच्च शिक्षामा नेतृत्वलाई समर्थन वा विरोध, व्यक्तिगत वा साङ्गठनिक स्वार्थका आधारमा व्यक्त हुन्छ । नेतृत्वको व्यवहार पनि आफ्नो राजनैतिक बिचार वा दर्शनद्वारा शक्ति प्राप्त गरिएको हुन्छ । अनुभव र दर्शनले उनको नेतृत्वलाई निर्देशित गर्दछ । पार्टीगत वा साङ्गठनिक निर्णयलाई प्राथमिकता राखेर निर्णय गर्दा उच्च शिक्षाको नेतृत्व भने विवाद रहित हुन नसकेको पाइयो । मास्लोको आत्मसम्मान र आत्मबोध प्राप्त गर्न उच्चशैक्षिक नेतृत्वमा कठिनाइ हुँदो रहेछ । तर, रूपान्तरित नेतृत्वमा सामान्य मात्र प्राध्यापक, कर्मचारी र विद्यार्थीको सहयोग, समन्वय र परिस्थितिले समेत सहयोग गरेको अवस्थामा क्याम्पसको विकास र रूपान्तरण सम्भव हुँदो रहेछ ।

Downloads

Download data is not yet available.
Abstract
40
PDF
39

Author Biography

सूर्यप्रसाद Surya Prasad अधिकारी Adhikari, Tribhuvan University

Central Department of Education

Downloads

Published

2020-12-31

How to Cite

अधिकारी Adhikari स. S. P. . (2020). नेपालमा उच्च शिक्षाका नेताको नेतृत्व संसार. Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा), 24(1), 99–124. https://doi.org/10.3126/bns.v24i1.62520

Issue

Section

Articles