विद्यालयमा दिवा खाजा कार्यक्रमले बालबालिकाको भर्ना र नियमिततामा पारेको प्रभाव

Authors

  • नारायणप्रसाद Narayan Prasad अधिकारी Adhikari Tribhuvan University

DOI:

https://doi.org/10.3126/bns.v24i1.62519

Keywords:

विद्यालय, दिवा खाजा कार्यक्रम, भर्ना, नियमितता, बालमैत्री, कुपोषण

Abstract

प्रस्तुत अध्ययन विद्यालयमा दिवा खाजा कार्यक्रमले बालबालिकाको भर्ना र नियमिततामा पारेको प्रभाव विषयमा गरिएको हो । यस अध्ययनको मुख्य उद्देश्य दिवा खाजा कार्यक्रमले बालबालिकाको भर्ना र विद्यालय नियमिततामा पारेको प्रभाव खोजी गर्नु रहेको छ । यो अध्ययन दाङ जिल्लाको घोराही उपमहानगरपालिकाअन्तर्गत रहेका २ वटा विद्यालयमा आधारित छ । यसमा गुणात्मक अनुसन्धान ढाँचा प्रयोग गरिएको छ । यस अध्ययनमा विशेष गरी प्राथमिक सूचनाहरू प्रश्नावली, प्रत्यक्ष अवलोकन, समूह छलफल, अन्र्तवार्ता  जस्ता विधि र साधनहरूको प्रयोग गरी सामग्री सङ्कलन गरिएको छ भने द्वितीय सूचना तथा जानकारीहरू लेख, रचना, विद्यालय तथ्याङ्क फारम, शोधपत्र, विद्यार्थी हाजिरी रजिस्टर, विद्यार्थी विवरण अभिलेख तथा विभिन्न अध्ययन प्रतिवेदनहरूबाट सङ्कलन गरिएको छ । प्राप्त सूचनाहरूलाई अर्थ र बुझाइको आधारमा अध्ययनकर्ताको प्रतिबिम्बसहित निष्कर्ष निकालिएको छ । विद्यालयमा दिवा खाजा कार्यक्रममा पूरा गर्नुपर्ने न्यूनतम् मापदण्ड पूरा  नगरी कार्यान्वयन गरिएकाले यसको प्रभावकारिता देखिएन । विद्यार्थी भर्ना र विद्यालय नियमिततामा हुने बानी विकासमा यस कार्यक्रमले सकारात्मक प्रभाव पारेको देखिन्छ । तर शिक्षाको मूलधारमा सबै बालबालिकालाई ल्याउने उद्देश्य हासिल गर्न भने सकेको पाइएन । यस कार्यक्रमको कार्यान्वयनमा आन्तरिक व्यवस्थापन पक्ष फितलो र कमजोर रहेको पाइयो । नेपाल सरकार र विश्व खाद्य कार्यक्रमको सम्झौताअनुसार निर्धारित नीति, नियम र निर्देशनको आंशिक कार्यान्वयन भएको र यो कार्यक्रम बालबालिकाको सिकाइ सिपसँग जोडिन नसकेको  देखियो । विद्यालयहरूको कमजोर भौतिक संरचनाका कारण दिवा खाजा कार्यक्रमलाई व्यवस्थित,  प्रभावकारी र बालमैत्री  बनाउने अवधारणा लागु हुन नसकेको पाइयो । यस कार्यक्रममा ढुवानी, भण्डारण र वितरण प्रणालीमा समस्या रहेको साथै अपारदर्शिता, खाद्यको गुणस्तरीयता, साझेदार निकायहरूबिच निरन्तर सञ्चार, सम्बन्ध, सहकार्य, समन्वय, सम्बन्धित निकायबाट नियमित अनुगमन र सुपरिवेक्षणको अभाव जस्ता पक्षहरू समस्याको रूपमा देखिएका छन् । यस कार्यक्रममा देखिएका समस्याहरूलाई सम्बन्धित निकायले निरन्तर अनुगमन र सुपरिवेक्षण गरी समाधान गर्नुपर्दछ । यसका साथै कार्यक्रममा लागि दिइने अनुदान समयअनुसार ज्यादै न्यून भएकाले कम्तीमा प्रति विद्यार्थी रु. ३० का दरले अनुदान प्रदान गरी कार्यक्रमलाई निरन्तरता दिनुपर्ने देखिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
58
PDF
161

Author Biography

नारायणप्रसाद Narayan Prasad अधिकारी Adhikari, Tribhuvan University

Central Department of Education

Downloads

Published

2020-12-31

How to Cite

अधिकारी Adhikari न. N. P. . (2020). विद्यालयमा दिवा खाजा कार्यक्रमले बालबालिकाको भर्ना र नियमिततामा पारेको प्रभाव. Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा), 24(1), 80–98. https://doi.org/10.3126/bns.v24i1.62519

Issue

Section

Articles