नेपालको शैक्षिक विकासमा राणा प्रधानमन्त्रीहरूको भूमिका

Authors

  • डम्बरबहादुर Dumber Bahadur खत्री Khatri Tribhuvan University

DOI:

https://doi.org/10.3126/bns.v24i1.62518

Keywords:

शिक्षा प्रशासन, शिक्षा प्रणाली, राणाशासन, औपचारिक शिक्षा, प्राविधिक शिक्षा

Abstract

प्रस्तुत लेख रााणाकालीन प्रधानमन्त्रीहरूको पालामा भएका शैक्षिक विकासको तथ्यमूलक सूचनासँग सम्बन्धित छ । सो अवधिको सुरुदेखि अन्त्यसम्मका प्रधानमन्त्रीहरूले गरेका शैक्षिक कामहरूको विवरण खोजी गर्न वर्णनात्मक अनुसन्धान ढाँचा प्रयोग गरिएको र सुर्खेत जिल्ला वीरेन्द्रनर नगरपालिकाभित्र रहेका पुस्तकालयका ऐतिहासिक दस्तावेज अध्ययन र इन्टरनेट साइटमा उपलब्ध सामग्रीहरू अध्ययन गर्नुका साथै विज्ञहरूको समूह छलफलबाट सूचनाहरू प्राप्त गरिएका छन् । राणाकालको सुरुवातमा नेपालभित्र छिटफुट मात्रामा अनौपचारिक वैदिक शिक्षा प्रणाली सञ्चालित भएको तर राणा प्रधानमन्त्रीहरूको कार्याकालभरि परिस्थितिको बाध्यताले औपचारिक विद्यालयीय र कलेजसम्मको शिक्षा प्रणाली सञ्चालनमा ल्याइएको देखिन्छ । शिक्षाको सम्पूर्ण निर्देशन, नियन्त्रण आफैँ दिने गरी शैक्षिक प्रशासनका निकाय र पदाधिकारीहरू व्यवस्था गरिएका र भारतको मेकाले शिक्षा प्रणाली अनुकूल अंग्रेजी माध्यमको शिक्षा व्यवस्था भएको पाइन्छ । रणोद्दीप सिंहको पालामा संस्कृत शिक्षालाई पनि महत्त्व दिइएको थियो भने देव शमशेरले आफ्नो छोटो समयमा नेपाली भाषाको माध्यमबाट शिक्षा दिने पाठशाला व्यवस्था गरेका थिए । चन्द्रशमशेरले उदारता अपनाएर शिक्षा व्यवस्था नगरे पनि उपत्यकाभित्र र बाहिर विभिन्न ठाउँमा विद्यालय खोल्नुको साथै उच्च शिक्षा दिने प्रबन्धसमेत मिलाए । उनकै पालामा अंग्रेजीलगायत संस्कृत, आयुर्वेद, स्रेस्ता पाठशाला र बौद्ध शिक्षाका पाठशालाहरू खोलिएका थिए । उनी पछिका प्रधानमन्त्रीहरूले टेक्निकल स्कुल, उद्योग तथा कलासम्बन्धी स्कुल र कृषि स्कुलको व्यवस्था गरिदिएका थिए । शिक्षामा राणा प्रधानमन्त्री कालको अन्तिमसम्म महिला र दलितहरूलाईसमेत शिक्षाको प्रबन्ध मिलाउनु, छात्रवृत्ति दिई पढ्न पठाउनु र विश्वविद्यालय खोल्नका लागि योजना कमिसन गठन गर्नु सकारात्मक कदम देखिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
43
PDF
155

Author Biography

डम्बरबहादुर Dumber Bahadur खत्री Khatri, Tribhuvan University

Surkhet Campus, Surkhet

Downloads

Published

2020-12-31

How to Cite

खत्री Khatri ड. D. B. . (2020). नेपालको शैक्षिक विकासमा राणा प्रधानमन्त्रीहरूको भूमिका. Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा), 24(1), 60–79. https://doi.org/10.3126/bns.v24i1.62518

Issue

Section

Articles