शिक्षकहरूको दृष्टिमा पाठ्यांशमा आधारित शिक्षण अभ्यास कार्यक्रम

Authors

  • दिनेश Dinesh घिमिरे Ghimire Tribhuvan University

DOI:

https://doi.org/10.3126/bns.v24i1.62516

Keywords:

पाठ्यांश आधारित, छात्र शिक्षक, कक्षा शिक्षण, सहपाठी शिक्षण, शैक्षणिक योजना

Abstract

प्रस्तुत लेख ‘पाठ्यांशमा आधारित शिक्षण अभ्यास’ कार्यक्रमको प्रभावकारिता सम्बन्धमा नेपाली विषयका शिक्षक (प्राध्यापक) हरूको दृष्टिकोण पत्ता लगाउने उद्देश्यले तयार पारिएको हो । यसमा गुणात्मक अनुसन्धान ढाँचाअन्तर्गत वर्णनात्मक विधि अपनाएर सामुदायिक क्याम्पसमा स्नातक तथा स्नातकोत्तर तहमा प्राध्यापन गर्ने तथा बाह्य परीक्षकमा सूचीकृत ३५ जना शिक्षकबाट खुला प्रश्नावलीका माध्यमबाट सङ्कलित तथ्यहरूको विश्लेषण गरी निष्कर्षमा पुगिएको छ । विगतको विद्यालय कक्षा शिक्षणमा आधारित शिक्षण अभ्यास पाठ्यांशहरूभन्दा सहपाठी शिक्षणमा आधारित यो पाठ्यांश तुलनात्मक रूपमा निकै व्यावहारिक र प्रभावकारी रहेको प्रतिक्रिया यस अध्ययनमा संलग्न शिक्षकहरूबाट प्राप्त भएको छ । विगतमा शिक्षण अभ्यास कार्यक्रमको कार्यान्वयन पक्ष फितलो हुँदा यो प्रभावकारी बन्न नसकेको तिक्त अनुभव सँगालेका शिक्षकहरू यस पाठ्यांशप्रति निकै आशावादी देखिन्छन् । सहपाठी शिक्षणमा आधारित यस पाठ्यांशमा छात्रशिक्षकको अझ बढी सक्रियता र सहभागिताको अपेक्षा गरिएको हुँदा यसको कार्यान्वयन पक्ष पनि चुनौतीपूर्ण नै हुन सक्ने उनीहरूको तर्क छ । यसको कार्यान्वयनमा अपेक्षित मात्रामा तदारुकता अवलम्बन गर्न सकियो भने शिक्षणका अतिरिक्त यस पाठ्यांशमा समावेश गरिएका विभिन्न शैक्षिक योजनाहरूको निर्माण र प्रभावकारी उपयोगबाट दक्ष शिक्षकका साथै कुशल प्रशासक बन्नसमेत सहयोग पुग्ने उनीहरूको ठम्याइ छ । त्यसबाहेक पाठ्यांशमा समाविष्ट कार्यमूलक अनुसन्धानबाट सैद्धान्तिक र व्यावहारिक ज्ञान हासिल हुने भएकाले उत्पादित जनशक्तिले कक्षाकोठाका सिकाइ समस्याहरू पहिचान गरी तिनको समाधानबाट शिक्षण प्रभावकारी बनाउन सक्षम हुने अपेक्षा शिक्षकहरूले राखेका छन् । समग्रमा यस अध्ययनबाट कार्यरत तथा बाह्य परीक्षकमा सूचीकृत शिक्षकहरूको दृष्टिकोणका आधारमा प्रस्तुत पाठ्यांशको कार्यान्वयन पक्षलाई सबल पार्न सक्दा विगतको पाठ्यांशका तुलनामा यो पाठ्यांश सबल एवम् प्रभावकारी रहेको निष्कर्षमा पुगिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
52
PDF
88

Author Biography

दिनेश Dinesh घिमिरे Ghimire, Tribhuvan University

Central Department of Education

Downloads

Published

2020-12-31

How to Cite

घिमिरे Ghimire द. D. . (2020). शिक्षकहरूको दृष्टिमा पाठ्यांशमा आधारित शिक्षण अभ्यास कार्यक्रम. Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा), 24(1), 22–37. https://doi.org/10.3126/bns.v24i1.62516

Issue

Section

Articles