वैदिक दर्शन र यसको शैक्षिक उपयोगिता

Authors

  • मोहनमणि Mohanmani पोखरेल Pokhrel Tribhuvan University

DOI:

https://doi.org/10.3126/bns.v24i1.62289

Keywords:

वेद, षडदर्शन, दर्शन, ब्रह्म, परमात्मा, शैक्षिक विचार

Abstract

वेदको अर्थ ज्ञान हुन्छ । हिन्दू दर्शन वा वैदिक दर्शनको मुख्य आधार र स्रोत वेद हो । वेदमा आधारित दर्शनलाई नै वैदिक दर्शन भनिन्छ । वेदमा मुख्य गरेर ब्रह्मको व्याख्या गरिएको छ । यसका चार भाग छन् । आर्यन संस्कृतिको मुख्य आधार र हिन्दू दर्शनको आधारसमेत रहेको यसको मुख्य उद्देश्य वैदिक दर्शनको विकासक्रम र षडदर्शनको परिचय दिनु हो । त्यस्तै दार्शनिक आधारको परिचय गराउनु र यसको नेपालको सन्दर्भमा उपयोगिताको विश्लेषण गराउनु हो । विभिन्न सम्बन्धित विषयका विज्ञहरूसँगको छलफल, अन्र्तवार्ता, पुस्तकालय विधि र इन्टरनेट विधि प्रयोग गरी अध्ययन गरिएको छ । यसभित्र वेदको परिचय, वेदको दार्शनिक आधार ब्रह्म अथवा ईश्वरको परिचय गराउन खोजिएको छ । वैदिक दर्शनको दार्शनिक आधार ईश्वर हो र जीवनको अन्तिम लक्ष्य मोक्ष प्राप्त गर्नु हो । वास्तविक ज्ञानबाट मात्र मोक्ष प्राप्ति हुने र ज्ञान प्राप्तिका लागि शिक्षाको आवश्यक हुन्छ । शिक्षाले मानिसलाई मुक्ति दिलाउन सक्नुपर्छ । यसअन्तर्गत वैदिक दर्शनको परिचय, यसको विकासक्रम षडदर्शनको परिचय, यसको दार्शनिक आधार र नेपालको वर्तमान सन्दर्भमा यसको शैक्षिक उपयोगिता समावेश गरिएको छ । त्यस्तै, नेपालको वैदिक शिक्षा प्रणालीमा गुरुकुल शिक्षा, ऋषिकुल शिक्षा, देवकुल शिक्षा, राजकुल शिक्षा र पितृकुल शिक्षाको बारेमा परिचय गराउने प्रयास गरिएको छ । नेपालको सन्दर्भमा आजको शिक्षा प्रणालीलाई सुधार गर्न, विद्यार्थी अनुशासन कायम राख्न, गुरु चेलाबिचको सम्बन्ध उच्च राखी उच्चतम् शैक्षिक उपलब्धि प्राप्त गर्न वैदिक शिक्षा प्रणाली उपयोगी हुने देखिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
210
PDF
390

Author Biography

मोहनमणि Mohanmani पोखरेल Pokhrel, Tribhuvan University

Mahendra Ratna Campus, Tahachal, Kathmandu

Downloads

Published

2020-12-31

How to Cite

पोखरेल Pokhrel म. M. (2020). वैदिक दर्शन र यसको शैक्षिक उपयोगिता. Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा), 24(1), 1–21. https://doi.org/10.3126/bns.v24i1.62289

Issue

Section

Articles