नेपालमा उच्च शिक्षाः मूल समस्या र समाधानका उपायहरू {Higher Education in Nepal: Root Problems and Solutions}
DOI:
https://doi.org/10.3126/bns.v45i25.59981Keywords:
सम्बन्धन, अन्वेषण, उच्च शिक्षा, ज्ञानपुजी, विश्वपरिवेशAbstract
अहिलेसम्मका जति विकास र परिवर्तन भएका छन् ती मानव मष्तिस्कका उपज हुन्। प्रविधिको विकास पनि मानिसको ज्ञानको परिणाम हो । यसले अन्य धेरै क्षेत्रलाई प्रतिस्थापन गरे पनि मानवीय सृजनालाई विस्थापित गर्न सक्दैन । ज्ञान र मानवीय सृजना शिक्षाका परिणति हुन्। उच्च शिक्षा अझ बढ्ता अन्वेषणमा आधारित हुन्छ, जसले नयाँ ज्ञानको सृजना गर्छ । यस अध्ययनको मूल उद्देश्य नेपालको उच्च शिक्षाको वर्तमान अवस्था विश्लेषण गर्दै परिवर्तित विश्व र स्थानीय अवस्थानुकूलको तथ्यमा आधारित सुझावहरू प्रस्तुत गर्नुरहेको छ । यस अध्ययनमा गुणात्मक अनुसन्धान ढांचाको प्रयोग गरिएको छ । त्यस्तै तथ्य सङ्कलन द्वितीय स्रोतका सूचनामा आधारित छ । साथै सेमिनारमा प्राप्त विज्ञ र सहभागीका सुझावलाई समेत सूचनाको रूपमा उपयोग गरिएको छ । प्राप्त सूचनालाई विषयगत क्षेत्रका आधारमा समालोचनात्मक रूपले विश्लेषण गरिएको छ । वातावरणीय विनाश, प्रविधिको विकासका कारण रोजगारीका क्षेत्रमा आएको सङ्कुचन, बौद्धिक आतंकवाद, प्रमाणपत्रको स्फिति आदि विश्वव्यापी चुनौती हुन् र शिक्षाले यी चुनौतीसंग जुध्न सक्षम व्यक्ति उत्पादन गर्नुपर्छ । उच्च शिक्षामा निजीकरण हावी भएको, कमजोर स्वायत्तता रहेको, पहुँचमा समेत सामाजिक रूपमा पछाडि परेको समुदायले तात्विक अवसर नपाएको, अनुसन्धानको पक्ष कमजोर रहेको, विश्वस्तरका विश्वविद्यालय स्थापना गर्ने रहर भए पनि आधार तयार नभएको, सम्बन्धनको जालोमा उच्च शिक्षा बल्झेको आदिलाई मूल समस्याको रूपमा पहिचान गरिएको छ । सम्बन्धन बन्द गर्नुपर्ने, संस्थागत विकासमा जोड दिनुपर्ने, क्याम्पसलाई स्वायत्तता दिने, अनुसन्धान र शिक्षण विश्वविद्यालय भनी प्राथमिकता छुट्याउने, गुणस्तरमा जोड दिने, प्रविधिको विकासले मानवीय श्रमलाई विस्थापन गर्ने सम्भावना रहेको हुदा शैक्षिक बेरोजगारको संख्या बढ्ने र प्रमाणपत्रको मूल्य कमजोर हुने हुँदा निरन्तर रिईन्भेन्ट गर्ने गरी उच्च शिक्षा अगाडि बढ्नु पर्ने लगायतका सुझावहरू प्रस्तुत गरिएको छ ।