ऐतिहासिक स्वर्गद्वारी आश्रममा वैदिक शिक्षा व्यवस्थापन {Administering Vedic education at the historical Swargadwari Ashram}
DOI:
https://doi.org/10.3126/bns.v45i25.59957Keywords:
आश्रम, उपनयन, ब्रह्मचर्य, वैदिक शिक्षा, विप्रबटुकेAbstract
प्रस्तुत लेख नेपालको ऐतिहासिक स्वर्गद्वारी आश्रममा वैदिक शिक्षा व्यवस्थापनको अध्ययनमा केन्द्रित छ । प्युठान जिल्लाको धार्मिक, ऐतिहासिक, पर्यटकीय भूमि स्वर्गद्वारीआश्रमस्थित वैदिक पाठशालामा सञ्चालित पूर्वीय दर्शनमा आधारित वेद, वेदा·, कर्मकाण्डसŖग सम्बन्धित शिक्षामा आश्रमको योगदान, वैदिक शिक्षा व्यवस्थापनमादेखिएका चुनौतीहरू, सकारात्मक र नकारात्मक पक्षको खोजी, समस्याको पहिचान र समाधानका उपायहरू तथा शिक्षा र मानवजीवनको विभिन्न पक्षसŖगको सम्बन्धको खोजी गरिएको छ । स्थलगत अध्ययन, अन्तरवार्ता, मौखिक संवाद, पूर्वकार्यको अध्ययनका आधारमा तथ्य तथ्याड्ढ सङ्कलन र सोको विश्लेषण गरी निष्कर्ष निकालिएको छ । आश्रमको अवस्था, सांगठनिक स्वरूप, आयव्यय, पाठ्यक्रम कार्यान्वयन, शिक्षककर्मचारीसम्बन्धी व्यवस्था, शिक्षण विधि र मूल्याड्ढन प्रविधिसमेतको सूक्ष्म अध्ययन गरी समस्याको पहिचान र समाधानका उपायहरू खोजी गरिएको छ । आश्रमको अखण्ड वैदिक यज्ञका लागि आवश्यक जनशक्ति उत्पादन र वैदिक शिक्षण परम्परालाई बचाई राख्ने उद्देश्यले वि.स. १९५२ मा स्थापित वैदिक पाठशालाबाट उपयुक्त जनशक्ति उत्पादनको लक्ष्य राखिए पनि व्यवस्थापकीय पक्षको समस्याका कारण उक्त लक्ष्य पूराभएको देखिदैन । स्थलगत अध्ययनबाट प्राप्त तथ्य तथ्याड्ढको विश्लेषण गर्दा न्यून विद्यार्थी संख्या र आवश्यक शिक्षक संख्याको अभाव भै उपयुक्त जनशक्तिको कमी हुनुमा आर्थिक कारण प्रमुख समस्या रहेको देखिएको छ । चढाएको भेटी र गुठीबाट प्राप्त आम्दानीले मात्र विद्यालय शिक्षा व्यवस्थापन गर्नु भनेको चुनौतीको विषय हो । वैदिक शिक्षाबाट पूर्वीय दर्शनको खोज अनुसन्धानको केन्द्र तथा धार्मिक आस्थाको धरोहरसमेतका कारण उपयुक्त व्यवस्थापनका लागि नेपाल सरकार तथा विभिन्न दातृ निकायबाट आवश्यक आर्थिक सहयोग प्राप्त हुन सकेमा स्वर्गद्वारी पूर्वीय दर्शन अध्ययनको शैक्षिक तथा अनुसन्धान केन्द्र बन्ने र विश्वको हिन्दु धर्मावलम्बीका लागि तीर्थस्थल बन्न सक्छ भन्ने यस अध्ययनको ठम्याइ रहेको छ ।