नेपालमा सहरीकरण प्रक्रियाको प्रवृत्ति र त्यसको शिक्षामा प्रभाव {Trend of urbanization process in Nepal and its impact on education}
DOI:
https://doi.org/10.3126/bns.v45i25.59954Keywords:
अव्यवस्थित बसोबास, कार्यात्मक आधार, जनसङ्ख्या, सहरीकरण, सार्वजनिक तथा निजी विद्यालयAbstract
प्रस्तुत लेख नेपालमा सहरीकरण प्रक्रियाको प्रवृत्ति, त्यसको शिक्षामा प्रभाव र त्यसबाट उत्पन्न समस्या तथा चुनौतीहरूको विश्लेषण गर्ने र सहरीकरणले सिर्जना गरेका शैक्षिक समस्याहरूलाई समीक्षा गर्ने उद्देश्यले तयार पारिएको छ । द्वितीयक स्रोत तथा सूचनाहरूमा आधारित यस लेखमा नेपालमा विगत करिब सात दशकदेखि सहरीकरणको थालनी भए तापनि व्यवस्थित रूपले सहरको विकास हुन सकेको छैन । पछिल्लो तथ्याङ्कअनुसार अहिले नेपालमा ६२ प्रतिशतभन्दा बढी जनसङ्ख्या नगरमा बसोबासगरेको देखिन्छ । सूचना तथा सञ्चार, यातायात, खानेपानी, ढलनिकास, विद्युत्आपूर्ति, शिक्षा स्वास्थ्यजस्ता महत्वपूर्ण पूर्वाधारहरूको पूर्णरूपले विकास नहुदै सहरको घोषणा गर्नाले व्यवस्थित सहरको विकासमा थप चुनौती तथा समस्याहरू देखा परेका छन् । सहरी क्षेत्रमा देखापरेका समस्या तथा चुनौतीहरू न्यूनीकरण गर्न सरकारी, गैरसरकारी तथा स्थानीय स्तरबाट प्रयास गरिनु आवश्यक छ । सहरी व्यवस्थापनमा संलग्न निकायहरू बिच समन्वयको आवश्यकता पर्दछ । यसले व्यवस्थित सहरीकरणलाई सहयोग गर्दछ । सहरीकरणलाई व्यवस्थित तरिकाले अगाडि बढाउन योजनाअनुसारसहरी क्षेत्रको शैक्षिक विकासमा विशेष ध्यान दिनु आवश्यक छ । सहरीकरणले शिक्षाको स्थितिलाई प्रत्यक्ष प्रभाव पारेको हुन्छ । आजको शिक्षा र सहरीकरणबिचसकारात्मक सम्बन्ध रहेको छ । जहाँ नगरहरूको संख्या बढी छ, त्यहा साक्षरताको दर पनि बढी नै देखिन्छ । जहाŖ सहरीकरण हुन्छ, त्यहाँ साक्षरताको दर तीव्र गतिमा अघि बढ्छ । काठमाडौ उपत्यकामा मात्र ७८ प्रतिशत निजी विद्यालय र २२ प्रतिशत सार्वजनिक विद्यालय रहेका छन्। समग्र नेपालमा ८१.६ प्रतिशत सार्वजनिक विद्यालय र १८.४ प्रतिशत निजी विद्यालय रहेको तथ्याङ्क छ । यसरी सहरीकरणसŖगै निजी विद्यालयको प्रभाव बढी तर सार्वजनिक विद्यालयको अवस्था दयनीय हुनाले सार्वजनिक विद्यालयको सुधारतर्फ स्थानीय सरकार क्रियाशील हुनुपर्नेदेखिन्छ ।