कोही किन बरबाद होस् नाटकमा मनोविज्ञान

Authors

DOI:

https://doi.org/10.3126/bcj.v7i1.71706

Keywords:

अभिघात, परपीडन, मनोविज्ञान, मातृरति, हीनताबोध

Abstract

प्रस्तुत लेखमा विजय मल्लद्वारा लिखित केही किन बरबाद होस् नाटकमा प्रयुक्त मनोविज्ञानको विश्लेषण गरिएको छ । यस लेखमा केही किन बरबाद होस् नाटकलाई प्राथमिक स्रोतको सामग्रीका रूपमा उपयोग गरिएको छ भने सिद्धान्त निर्माणका व्रmममा उपयोग गरिएका कृतिलाई द्वितीयक स्रोतका सामग्री मानिएको छ । यस लेखका लागि आवश्यक सामग्रीको सङ्कलन पुस्तकालयीय कार्यबाट गरिएको छ । यस लेखमा पात्रको मानसिक अवस्थालाई हीनताबोध र परपीडन, मातृरति ग्रन्थि र अतृप्त मनोविकार, वात्सल्य मनोविज्ञान, अभिघात मनोविज्ञान तथा समाज मनोविज्ञान जस्ता मनोवैज्ञानिक आधारमा विश्लेषण गरिएको छ । यस लेखमा कोही किन बरबाद होस् नाटकमा आएको प्रमुख पात्र ध्रुवमा रहेको मानसिक समस्या समाधानका लागि अन्य पात्रले खेलेको भूमिका तथा ध्रुवका कारण अन्य पात्रमा देखिएको मानसिक समस्या केलाउने कार्य गरिएको छ । यस लेखमा ध्रुव मातृत्वको अभावका कारण कुमार्गमा लागेको र उसलाई कमलाले मातृत्व प्रदान गरेपछि आचरणमा सुधार आएको अवस्थालाई देखाइएको छ । यस लेखमा मानसिक समस्याका कारण विकृत बनेको व्यक्तिलाई सही मार्गका ल्याउने उपाय भनेकै मनोवैज्ञानिक उपचार हो भन्ने निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
59
pdf
44

Downloads

Published

2024-11-21

How to Cite

शालिकराम पौड्याल, & प्रेमप्रसाद तिवारी. (2024). कोही किन बरबाद होस् नाटकमा मनोविज्ञान. Butwal Campus Journal, 7(1), 12–24. https://doi.org/10.3126/bcj.v7i1.71706

Issue

Section

Articles