नेपाली कथामा पर्यावरणीय सचेतता
DOI:
https://doi.org/10.3126/bcj.v6i1.62975Keywords:
अध्यात्मकेन्द्री, उपभोक्तावादी संस्कृति, पर्यावरणकेन्द्री, प्रकृतिको मानवीकरण, अध्यात्मकेन्द्री, उपभोक्तावादी संस्कृति, पर्यावरणकेन्द्री, प्रकृतिको मानवीकरण, मानवकेन्द्रीAbstract
प्रस्तुत लेखमा पर्यावरणीय समालोचनाको सिद्धान्तको केन्द्रीयतामा नेपाली कथाको विश्लेषण गरिएको छ । नेपाली कथामा पर्यावरणीय सचेतताका केकस्ता अभिलक्षणहरूको प्रयोग गरिएको छ भन्ने अभीष्टको परिपूर्ति गर्नाका निम्ति यो अध्ययन गरिएको हो । पर्यावरणीय समालोचनाको सैद्धान्तिक पर्याधारलाई आधार मानी प्राथमिक एवम् द्वितीयक स्रोतका सामग्रीको उपयोग गरी निगमनात्मक, गुणात्मक र पाठविश्लेषणात्मक शोधविधि अपनाई यस लेखलाई परिपाकमा पु¥याइएको छ । पर्यावरणीय समालोचनाका प्रकृतिको मानवीकरण, उपभोक्तावादी संस्कृतिप्रतिको वितृष्णा र आध्यात्मिक जीवनपद्धतिप्रतिको अपेक्षा, पर्यावरणीय आचरण र व्यवहारप्रतिको प्रतिबद्धता तथा आतङ्क, हिंसा र वनफडानीप्रतिको तीव्र असन्तुष्टिजस्ता प्रारूपका आधारमा उक्त कथाहरूको मूल्याङ्कन यस लेखमा गरिएको छ र यस लेखको अन्त्यमा समग्र प्राणी, वनस्पति र प्राकृतिक वस्तुको अस्तित्वसित सम्बद्ध पर्यावरणीय मुद्दाको अत्यन्त कलात्मक, जवाफदेही, दूरदर्शी र यथार्थपरक ढङ्गले अङ्कन गर्दै पर्यावरणलाई जोगाउन सके मात्र मान्छेको अस्तित्व र ज्ञानको सर्वोच्चता कायम हुन सक्ने विमर्श प्राप्त हुनुलाई निष्कर्षका रूपमा प्रस्तुत गरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright is held by Research Management Cell, Butwal Multiple Campus