कालीगण्डकी बेसीमा प्रचलित विरहनी, घटुवारे र लाहुरेलो लोकगीतको अध्ययन

Authors

  • प्रमोद Pramod पंज्ञानी Pangyani त्रिभुवन आर्दश बहुमुखी क्याम्पस, स्याङ्जा

DOI:

https://doi.org/10.3126/awadharana.v8i01.70133

Keywords:

कालीगण्डकी बेसी, घटुवारे, लाहुरेलो, लोकगीत, विरहनी

Abstract

प्रस्तुत लेख कालीगण्डकी बेसीमा प्रचलित विरहनी, घटुवारे र लाहुरेलो नामका लोकगीतहरुको अध्ययनमा केन्द्रित छ । यस अध्ययनमा लोकसांस्कृतिक दृष्टिले सम्पन्न कालीगण्डकी क्षेत्रमा मौखिक एवम् श्रुतिपरम्परामा रहेका लोकलयात्मक विरहनी, घटुवारे र लाहुरेलो नामका लोकगीतको गायन सन्दर्भ, तिनमा रहने विषयभाव, ती गीतले लोक जीवनमा पार्ने प्रभाव र महत्त्वलाई चिनाइएको छ । यस क्रममा ती लोकगीतहरु स्वरुप, संरचना, भाव प्रवाह र लयगत विशेषताका कारण यहाँ प्रचलित अन्य लयका लोकगीतहरु भन्दा बढी महत्त्वपूर्ण ठहरिएको र तिनले समाजमा विशेष प्रभाव पार्न सफल भएको विश्लेषण गरिएको छ । सामाग्री सङ्कलन क्षेत्रकार्य तथा पुस्तकालय स्रोतबाट गरिएको छ । विश्लेषणका क्रममा व्याख्या विधिको उपयोग भएको छ । यस सिलसिलामा कालीगण्डकी बेसीमा प्रचलित यी लोकगीतसम्बन्धी यस पूर्व अध्ययन विश्लेषण गरिएका लिखित सामग्री नभेटिएकोले विरहनी, घटुवारे र लाहुरेलो लोकगीतका गायक, जानकार एवम् अन्वेषकबाट प्राप्त धारणालाई यस अध्ययनको मूल आधार मानिएको छ । अन्त्यमा कालीगण्डकी बेसीमा प्रचलित यी लोकगीतहरु विविध दृष्टिले महत्त्वपूर्ण अध्येय एवम् अनुसन्धेय रहेसँगै हाल यी लोपोन्मुख अवस्थामा रहेको निष्कर्ष स्थापित गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
37
PDF
32

Author Biography

प्रमोद Pramod पंज्ञानी Pangyani , त्रिभुवन आर्दश बहुमुखी क्याम्पस, स्याङ्जा

उपप्राध्यापक

Downloads

Published

2024-09-27

How to Cite

पंज्ञानी Pangyani प. P. (2024). कालीगण्डकी बेसीमा प्रचलित विरहनी, घटुवारे र लाहुरेलो लोकगीतको अध्ययन. AWADHARANA, 8(1), 48–58. https://doi.org/10.3126/awadharana.v8i01.70133

Issue

Section

Articles