प्रिया ! मुक्तकसङ्ग्रहमा समसामयिक यथार्थता

Authors

  • श्रीधर Shree Dhar न्यौपाने ‌Neupane उपप्राध्यापक नेपाली विभाग, पृथ्वीनारायण क्याम्पस, पोखरा

DOI:

https://doi.org/10.3126/awadharana.v8i01.70132

Keywords:

पुँजीवाद, बेथिति, विखण्डन, व्यक्तिवादी, स्वार्थी

Abstract

प्रस्तुत लेखमा समसामयिक यथार्थताका दृष्टिले प्रिया ! मुक्तकसङ्ग्रहको विश्लेषण गरिएको छ । प्रिया ! मुक्तकसङ्ग्रहमा समसामयिक यथार्थताको अभिव्यक्ति के कस्तो रहेको छ भन्ने प्राज्ञिक जिज्ञासाको समाधान गर्ने उद्देश्य यस अध्ययनमा राखिएको छ । बहुसत्यमा विश्वास गरिएको यस अध्ययनमा गुणात्मक अनुुसन्धान ढाँचाको उपयोग गरिएको छ । शोधदर्शनका बिचमा समन्वय कायम गरिएको यस अध्ययनमा पाठको व्याख्यावादी अध्ययनपद्धतिको अवलम्बन गरिएको छ । अध्ययनका क्रममा आवश्यक प्राथमिक र द्वितीयक स्रोतका सामग्रीहरु पुस्तकालयबाट सङ्कलन गरिएको छ । समसामयिक यथार्थताको अवधारणाका आधारमा निर्मित उपकरणहरु देशभित्रका बेथिति, पुँजीवादको प्रभाव, विदेशी भूमिप्रतिको आकर्षण र सम्बन्धगत विखण्डनका आधारमा निर्धारित मुक्तकसङ्ग्रहको विश्लेषण गरिएको छ । वर्तमान नेपाली समाजमा बेथिति बढ्दै गएको, पँुजीवादको प्रभावका कारण मानिसमा स्वार्थी र व्यक्तिवादी प्रवृत्ति बढ्दै गएको, विदेशी भूमिप्रति आकर्षित हुने प्रवृत्ति व्यापक रहेको एवम् पारिवारिक सम्बन्ध विखण्डित बनेको यथार्थता यस मुक्तक सङ्ग्रहमा अभिव्यक्त भएको छ भन्ने निष्कर्ष यस अध्ययनको रहेको छ । वर्तमानमा नेपाली समाजमा देखिएका यस्ता समस्या देशका लागि घातक रहेका छन् भन्ने व्यञ्जनायुक्त अर्थ यस सङ्ग्रहका मुक्तकले सम्प्रेषण गरेका छन् भन्ने निष्कर्षात्मक प्राप्ति यस अध्ययनको रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
90
PDF
23

Author Biography

श्रीधर Shree Dhar न्यौपाने ‌Neupane, उपप्राध्यापक नेपाली विभाग, पृथ्वीनारायण क्याम्पस, पोखरा

उपप्राध्यापक

Downloads

Published

2024-09-27

How to Cite

न्यौपाने ‌Neupane श. . S. D. (2024). प्रिया ! मुक्तकसङ्ग्रहमा समसामयिक यथार्थता. AWADHARANA, 8(1), 23–36. https://doi.org/10.3126/awadharana.v8i01.70132

Issue

Section

Articles