विवस्त्र रामायण कथामा द्विचर विरोध

Authors

  • भूमिराज Bhumi Raj बस्ताकोटी Bastakoti उपप्राध्यापक, कन्या क्याम्पस, पोखरा

DOI:

https://doi.org/10.3126/awadharana.v8i01.70089

Keywords:

द्विचर विरोध, नैतिक/अनैतिक, पुरुष/नारी, रामायण, विनिर्माण

Abstract

प्रस्तुत लेख ‘विवस्त्र रामायण’ कथामा द्विचर विरोधसँग सम्बन्धित रहेर तयार पारिएको छ । रामायणबाट वस्तु लिएर नवीन अर्थमा त्यसलाई विनिर्माण/पुनर्लेखन गरिएको यस कथामा परम्परा (रामायण) मा स्थापित थुप्रै द्विचरलाई तोडेर प्रस्तुत गरिएको छ । कथामा तोडेर प्रस्तुत गरिएका द्विचर केकस्ता छन् ? भन्ने मूल शोधप्रश्न लिएर अध्ययनलाई अघि बढाइएको छ । कथामा प्रस्तुत द्विचर विरोधको स्थितिलाई चित्रण गर्नु यस अध्ययनको खास उद्देश्य हो । गुणात्मक अनुसन्धान पद्धतिभित्र रही पाठविश्लेषण विधिको उपयोग यसमा गरिएको छ । विनिर्माणले व्याख्या गरेको द्विचर विरोधका बारेमा पूर्व अध्येताका पुस्तक तथा शोधप्रबन्धबाट सैद्धान्तिक आधार निर्माण गरिएको छ । रामायणका विविध पाठभेद पाइने भएकाले यसमा गीताप्रेसद्वारा प्रकाशित श्रीमद्वाल्मीकीय रामायणलाई मूल आधार बनाइएको छ । अध्ययनबाट कथाले खास गरी रामायणमा स्थापित पुरुष/नारी, संस्कृति/प्रकृति, नैतिक/अनैतिक, दैवी/मानवीय जस्ता द्विचरलाई उल्ट्याएर प्रस्तुत गरेको तथ्य प्राप्त हुन आएको छ । यीमध्ये केही परम्पराका सापेक्षमा खुकुलिएर प्रस्तुत भएका र खास गरी नैतिक/अनैतिक द्विचर तोडिएको मात्र नभई विनिर्माण सिद्धान्तले अपेक्षा गरेअनुसार दूस्तरता वा अपोरियातर्फ अग्रसर भएको छ भन्ने निष्कर्ष लेखमा प्रस्तुत गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
192
PDF
38

Author Biography

भूमिराज Bhumi Raj बस्ताकोटी Bastakoti, उपप्राध्यापक, कन्या क्याम्पस, पोखरा

उपप्राध्यापक

Downloads

Published

2024-09-27

How to Cite

बस्ताकोटी Bastakoti भ. B. R. (2024). विवस्त्र रामायण कथामा द्विचर विरोध. AWADHARANA, 8(1), 37–47. https://doi.org/10.3126/awadharana.v8i01.70089

Issue

Section

Articles