ज्वरशमना प्रकृतिमा ज्वरोको निदान र उन्मोचन
DOI:
https://doi.org/10.3126/awadharana.v8i01.70083Keywords:
उन्मोचन, दिव्यस्पर्श, निदान, पराविद्या, महाज्वरAbstract
प्रस्तुत ज्वरशमना प्रकृति कवितामा ज्वरोको निदान र उन्मोचन शीर्षकको अनुसन्धानमूलक लेख पूर्वीय दर्शनको उन्मोचनसँग सम्बन्धित सिद्धान्तमा सापेक्षित रहेको छ । विशेष गरी कवितामा प्रस्तुत ज्वरोको निदान गरी त्यसबाट उन्मोचन हुने उपायको निरुपण गर्नु यस लेखको उद्देश्य रहेको छ । लेखमा विशेषतः मानसिक ज्वरोको कारण अविद्याचेत हो र यसबाट उन्मोचन हुने उपाय तत्त्वज्ञान नै हो भन्ने निष्कर्ष रहेको छ । लेखमा प्रस्तुत विश्लेषणीय प्राज्ञिक विषयहरु गुणात्मक अध्ययन पद्धतिमा आधारित भएर प्रस्तुत गरिएको छ । अध्ययनमा सोद्देश्यमूलक नमुना छनोट पद्धतिका आधारमा कविता चयन गरी यसलाई उन्मोचनसँग सम्बन्धित सिद्धान्तका आलोकमा विश्लेषण गरिएको छ । सामग्री सङ्कलन पुस्तकालयीय कार्यका आधारमा गरिएको र प्राथमिक स्रोतका सामग्रीका रुपमा विवेच्य कवितालाई लिइएको छ भने द्वितीय स्रोतका सामग्रीका रुपमा अद्वैत वेदान्त दर्शनको उन्मोचनसँग सम्बन्धित ग्रन्थहरु, लेखहरु, अनुन्धानात्मक कृतिहरु एवम् समालोचनात्मक कृतिहरु रहेका छन् । विश्लेषणमा ज्वरोको निदान र उन्मोचनलाई केन्द्रमा राखिएको छ । कवितामा प्रस्तुत प्रकृतिमा उत्पन्न ज्वरो वा गर्मी, जीवमा हुने दैहिक ज्वरो र आत्मिक ज्वरोको चर्चा गरिएको छ । प्राकृतिक गृष्मको ज्वरो वर्षाले, दैहिक ज्वरो औषधीले शमन गरेजस्तै आत्मिक ज्वरो पराविद्यामार्फत दिव्य स्पर्शयुक्त उपचारिका प्रकृतिको काखमा गएर प्राप्त गरेको तत्त्वज्ञानले निको पार्दछ । सांसारिक विषयमोहले मानसिक ज्वरो उत्पन्न गराएको र देहात्मबुद्धिले विषयवासनाप्रति आसक्त गराउँदा मानिस बन्धनमा परी दुःख पाएको छ । यसबाट पार पाउन मानिसले आत्मज्ञानबाट अविद्या निवृत्ति भएपछि मात्र उन्मोचन प्राप्त गर्दछ भन्ने यस अध्ययनको निष्कर्ष रहेको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2024 Creative Democrat Academy
This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.