स्वास्थ्य र समाज
DOI:
https://doi.org/10.3126/anweshan.v2i2.74237Keywords:
स्वास्थ्य, समाज, स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच, दिगो विकास लक्ष्यAbstract
यो लेखमा नेपाली समाजमा स्वास्थ्यको महत्त्व र स्वास्थ्य र समाजसँगको पारस्परिक सम्बन्धलाई उजागर गरिएको छ । शारीरिक, मानसिक, र सामाजिक रूपमा स्वस्थ व्यक्तिहरू समृद्ध समाजको आधार हुन् । नेपाल सरकारले वि.सं. २००७ सालपछि पञ्चवर्षीय योजनाहरू सुरु गर्यो, जसले समाजमा स्वास्थ्य जागरूकता र सेवाहरूको पहुँच बढाउन थाल्यो । अहिले करिब ७३ वर्षमा पुग्दा स्वास्थ्य क्षेत्रमा धेरै परिवर्तन भएको छ । तर पनि अझै पनि धेरै नागरिक निःशुल्क स्वास्थ्य सेवाको उपभोगबाट वञ्चित छन् । लेखले समाजमा रहेका अन्धविश्वासहरू र स्वास्थ्य सेवामा आधुनिकीकरणको आवश्यकतालाई चित्रित गर्न खोजेको छ । यो लेखले समृद्ध समाज निर्माणको लागि सरोकारवालहरूलाई सुझाव प्रदान गर्नुका साथै नागरिकले स्वास्थ्य र समाजप्रति कसरी सक्रिय भूमिका निर्वाह गर्न सक्छन् भन्ने विषयमा थोरै भए पनि जानकारी प्रदान गर्छ भन्ने आशा राखिएको छ । यति मात्र नभएर राजनीतिक, आर्थिक, शिक्षा, रीतिरिवाजले स्वस्थ समाज निमार्णमा कसरी भूमिका खेल्छन् । शक्तिको केन्द्रीकरणदेखि विकेन्द्रीकरणसम्ममा नेपालमा स्वास्थ्य समाज निमार्णमा केकस्ता सकारात्मक अनि नकारात्मक परिवर्तन आए र स्वस्थ समाज निमार्णमा राजनीतिको कस्तो प्रभाव छ भन्ने कुरा विश्लेषण गर्न खोजिएको छ ।