समकालीन सामाजिक विज्ञान अनुसन्धान विधिहरू : महत्त्व र अभ्यास
DOI:
https://doi.org/10.3126/anweshan.v2i2.74230Keywords:
सामाजिक अनुसन्धान, गुणात्मक विधि, मात्रात्मक विधिAbstract
समकालीन सामाजिक विज्ञान अनुसन्धान विधिहरूले समाजका जटिल समस्याहरूको अध्ययन र समाधानमा महत्त्वपूर्ण भूमिका खेल्छन् । यो लेख समकालीन सामाजिक विज्ञान अनुसन्धान विधिहरूको अन्वेषण र व्याख्या गर्दै विभिन्न विधिहरूको मह महत्त्व र तिनको व्यावहारिक प्रयोगहरूको विश्लेषण गर्छ । लेखमा सर्वेक्षण, साक्षात्कार, एथ्नोग्राफी, केस स्टडी र सामग्री विश्लेषणजस्ता विधिहरूको विस्तृत विवरण प्रस्तुत गरिएको छ । साथै लेखमा नैतिक मुद्दाहरूको चर्चा, अनुसन्धानका सीमाहरू र भविष्यमा सम्भावित दिशाहरूको पनि विश्लेषण गरिएको छ । ऐतिहासिक पृष्ठभूमि र विकास, समकालीन विधिहरूको प्रयोग र तिनको महत्त्व उजागर गर्दै यस लेखले सामाजिक विज्ञान अनुसन्धान विधिहरूको विकासशील प्रकृति र भविष्यमा नयाँ खोजहरूको सम्भावनालाई स्पष्ट पार्दछ । यसले समाजको संरचना, प्रक्रिया, र समस्याहरूको अध्ययनमा थप सन्तुलित दृष्टिकोण प्रदान गर्दछ ।