राजनीतिक परिवर्तन र कानुनी विकासको सम्बन्ध

Authors

  • विमल Bimal पोखरेल Pokharel

DOI:

https://doi.org/10.3126/anweshan.v2i2.74202

Keywords:

निरङ्कुशता, स्वतन्त्रता, मौलिक हक, समावेशी, शक्ति पृथकीकरण

Abstract

नेपालमा ठुलाठुला राजनीतिक उथलपुथल तथा परिवर्तनहरू भएका छन् । ती राजनीतिक परिवर्तन संस्थागत गर्नका लागि संविधान र कानुनहरू आवश्यक पर्ने भएको हुनाले राजनीतिक परिवर्तनपछि संविधान र कानुनहरूमा पनि व्यापक फेरबदल भएका छन् । राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण (वि.सं. १८२५) गरेपछि कानुन निर्माण गर्ने र लागु गर्ने काम राजाहरूले गर्दै आएका थिए । राजनीतिक परिवर्तन र कानुन निर्माणमा राजा पृथ्वीनारायण शाह, जङ्कबहादुर राणा, राजाहरू त्रिभुवन, महेन्द्र, वीरेन्द्रको मुख्य योगदान रहेको छ । राजा र राणा शासकहरूको सर्वाेच्चताबाट संवैधानिक सर्वाेच्चतासम्म आइपुग्नका लागि राजनीतिक, संवैधानिक तथा कानुनी परिवर्तनहरू भएका छन् । संविधानसभाको निर्वाचनपछि जनताका प्रतिनिधिहरूले स्वतन्त्र रूपमा संविधान र कानुन निर्माण गरी लागु गरिएको छ । जनताले चुनावमार्फत् निर्वाचित संसद, सरकार, संवैधानिक सर्वाेच्चता, स्वतन्त्रता, स्वाभीमान, मौलिक
हक, राज्यका सबै अङ्कहरूमा समानुपातिक र समावेशी प्रतिनिधित्वको ग्यारेन्टीजस्ता अधिकार प्राप्त गरेका छन् । राजनीति र कानुन देशको अभिन्न अङ्कको रूपमा रहेका
हुन्छन् । राजनीतिक शासनव्यवस्था लागु गर्नका लागि कानुनको आवश्यकता पर्छ । कानुन राजनीतिक निर्णयले बनाउने गरिन्छ । राजनीतिको लागि कानुन र कानुनका लागि राजनीति अत्यावश्यक छन् । नेपालको राजनीति र कानुनी परिवर्तनका आफ्नै विशेषता रहेका छन् । विगत इतिहासमा राजाहरूले कानुन बनाउने गर्दथे भने वर्तमान समयमा जनताका निर्वाचित प्रतिनिधिले बनाउने गरेका छन् । जनप्रतिनिधिले निर्माण गरेका संविधान र कानुनमा मौलिक हकहरू संस्थागत गरिएका छन् र तीमध्ये केही मौलिक अधिकार सङ्कटकालीन अवस्थामा पनि अहरणीय रहेका छन् ।

Downloads

Download data is not yet available.
Abstract
29
PDF
66

Downloads

Published

2025-01-19

How to Cite

पोखरेल Pokharel व. . B. (2025). राजनीतिक परिवर्तन र कानुनी विकासको सम्बन्ध. Samaj Anweshan समाज अन्वेषण, 2(2), 141–151. https://doi.org/10.3126/anweshan.v2i2.74202

Issue

Section

Research Article