मस्टो : प्युठानका खसहरूको जीवित संस्कृति
DOI:
https://doi.org/10.3126/anweshan.v2i2.74200Keywords:
मस्टो, खस, देवाली, अनुष्ठान, संस्कारAbstract
वास्तवमा मानिसहरू नै संस्कृतिको जननी हुन् । मानिसले आफ्नो अस्तित्वका लागि संस्वृmतिको सृजना गर्दै त्यहीअनुसार अनुकूलन गर्दै गयो । त्यसकारण मानिस अरू प्राणीभन्दा भिन्न छ । सभ्यताको सुरुआतदेखि मानिसले सैद्धान्तिक र व्यावहारिक ज्ञानलाई संस्कृतिको रूपमा सङ्कलन र संरक्षण गर्दै आएको छ । संस्कृति भनेको उपलब्धिहरूको सङ्ग्रह हो, जुन विस्तारै विस्तारै विकसित हुँदै जान्छ । कुनै समय पश्चिम नेपाल कुमाउँ, गढवाल तथा तिब्बतको खारी प्रदेशसम्मको सवा लाख पर्वतयुक्त क्षेत्रलाई खसान क्षेत्र भनेर चिनिन्थ्यो । समयको विकाससँगै उक्त क्षेत्रमा खसहरूले आफ्नै भाषा र संस्वृmतिको निर्माण गरे । खस संस्कृतिको प्रमुख पक्ष भनेको मस्टो संस्कृ ति हो । प्युठानका खस जातिहरूको महत्त्वपूर्ण पक्ष कुलपूजा हो, जसमा विशेषगरी मस्टो पूजा गरिन्छ† जसमा उनीहरूले आफ्नो मस्टो देवताको सर्वोच्च शक्तिमा विश्वास गर्दै कुलपूजामा बोका बली चढाउँछन् । उक्त अनुष्ठानबाट कुल देवतालाई खुसी पारी आफूहरूलाई हानि र अन्य समस्याबाट जोगाउने कुरामा विश्वास गर्छन् । तसर्थ मस्टो संस्वृmति प्युठानका खसहरूको सांस्कृतिक सम्पदाको समृद्धि झल्काउने जीवन्त र लामो समयदेखि चलिआएको परम्परा हो । यो लेखमा यिनै खसको इतिहास, उत्पत्ति र संस्कृतिको जानकारी दिँदै विशेषगरेर प्युठान जिल्लामा खसहरूले मनाउने यी अनुष्ठान र मस्टो पूजाको अद्वितीय विशेषताका बारेमा जानकारी दिइएको छ । यसका साथै यो लेखमा खसहरूको मौलिक पहिचान भनेको मस्टो संस्वृmति हो भन्ने निस्कर्ष निकालिएको छ ।