भाषाहरूको विकसित र विकासशील अवस्था

Authors

  • भगवती Bhagawati अधिकारी Adhikari

DOI:

https://doi.org/10.3126/anweshan.v2i2.74188

Keywords:

भाषा, माध्यम भाषा, विकसित भाषा, स्तरगत वर्गीकरण, वक्ता संख्या

Abstract

प्रस्तुत अध्ययन नेपालमा बोलिने विकसित र विकासशील भाषाको स्तरगत अवस्था निक्र्योल गर्नु प्रमुख उद्देश्यमा केन्द्रित रहेर गरिएको छ । भाषाको स्तरगत वर्गीकरणअन्तर्गत विकसित र विकासशील भाषाको अवस्था साथै प्रयोग व्यवहारसमेत अध्ययन गरिएको छ । निर्दिष्ट भाषाका वक्ता संख्या र विभिन्न सूचक शिक्षा, स्वास्थ, साहित्य, सञ्चार, प्रशासन, कृषि, कानुन, विज्ञान प्रविधि, कला, धर्म, संस्कृति, इतिहासका आधारमा विकसित र विकासशील अवस्थाको स्तरमा व्याख्या विश्लेषण गरिएको छ । नेपालको राष्ट्रिय जनगणना पहिलो तथा आधिकारिक तथ्याङ्क वि.सं. २०११ देखि २०७८ सालसम्मको तथ्याङ्कलाई प्रतिशतका आधारमा तालिकामा उल्लेख गरिएको छ । प्रथमतः नेपालका छ ओटा नेपाली, मैथिली, भोजपुरी, थारू, तामाङ र बज्जिका भाषालाई विकसित भाषाका स्तरमा राखेर व्याख्या विश्लेषण गरिएको छ । प्राप्त तथ्याङ्गका आधारमा जनगणना वि.सं.२०५८ मा प्रविष्ट भएका वान्तवा, राजवंशी र मगही भाषा छन् । जनगणना २०६८ सालमा डोटेली, बैतडेली, अछामी र खस भाषा विकासशील स्तरमा रहेका छन् । नेपालका भाषाहरू– मध्येबाट पन्ध्रओटा भाषालाई विकासशील अवस्थाको स्तरमा राखेर अध्ययन गरिएको छ । विकसित स्तरमा रहेका दुईओटा र विकासशील अवस्थाका छओटा भाषामा माध्यम भाषाको प्रयोग व्यवहार नभएको पाइयो । अन्य भाषा वक्ता क्रमशः घट्दै गएका भए पनि चौधओटा भाषा माध्यम भाषाका रूपमा अग्रस्थानका प्रयोग व्यवहार भइरहेका छन् ।

Downloads

Download data is not yet available.
Abstract
22
PDF
19

Downloads

Published

2025-01-19

How to Cite

अधिकारी Adhikari भ. . B. (2025). भाषाहरूको विकसित र विकासशील अवस्था. Samaj Anweshan समाज अन्वेषण, 2(2), 102–112. https://doi.org/10.3126/anweshan.v2i2.74188

Issue

Section

Research Article