नेपालमा कोरोना महामारी कालमा सञ्चार संस्थाको पत्रकारमैत्री रणनीतिको सामाजशास्त्रीय अध्ययन
DOI:
https://doi.org/10.3126/anweshan.v2i2.74183Keywords:
महामारी, मिडिया नीति, सञ्चार संस्था, सामाजिक उत्तरदायित्वAbstract
यो लेख कोरोना महामारी कालमा सञ्चार संस्थाले लिएका रणनीतिमा वmेन्द्रित छ । सन् २०१९ को डिसेम्बरमा चिनको वुुहान सहरमा देखा परेको कोभिड–१९ले कोरोना महामारीको रूप लिएर विश्वव्यापी रूपमा सबै क्षेत्रमा प्रभाव प¥यो र आमसञ्चार क्षेत्र पनि यसबाट टाढा रहेन । यो लेखमा कोरोना महामारीमा नेपाली सञ्चार संस्थाले लिएको रणनीतिबारे भएको बहसलाई नकारात्मकताबाट सकारात्मकतातिर ल्याउने प्रयास गरिएको छ । अवलोकन, अन्तर्वार्ता र दस्तावेज विश्लेषणजस्ता अनुसन्धान विधि प्रयोग गरेर वmेही सञ्चार संस्थाले लिएको पत्रकारमैत्री रणनीतिको विश्लेषण गरिएको छ । कोरोना महामारीका व्रmममा सञ्चार संस्थाले पत्रकारलाई समयमा तलब नदिने, जागिरबाट निकाल्ने, बेतलबी बिदा दिएर आर्थिक र मानसिक तनाव दिएको विषय विभिन्न अध्ययनमा आएका छन् । तर वmेही सञ्चार संस्थाले पत्रकारमैत्री रणनीति अवलम्बन गरेका थिए । केही सञ्चार संस्थाले प्रसारण\ प्रकाशनलाई निरन्तरता दिनका लागि पत्रकारलाई कार्यालयमै बस्ने व्यवस्था गरेर आलोपालो कार्यालय आउने, घरबाटै संवाददाताले काम गर्ने वातावरण पनि बनाए । उनीहरूले सञ्चार संस्थामा कार्यरत पत्रकार र कर्मचारीहरूलाई सुुरक्षित गराउँदै आफ्नो सामाजिक उत्तरदायित्व पालना गरे । जसका कारणले सङ्गटका समयमा पत्रकारले आर्थिक मानसिक रूपमा सुरक्षित महसुस पनि गरे । सञ्चार संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै आफ्ना पत्रकारका लागि भरथेग दिदै उनीहरूको हकहित र सजिलोका लागि काम गरेर राम्रो तरिकाले मिडिया व्यवस्थापन गरेकोलाई पत्रकारमैत्री रणनीति भन्ने निष्कर्ष निकालिएको छ