नेपालमा आमसञ्चार माध्यम र सामाजिक प्रभाव
DOI:
https://doi.org/10.3126/anweshan.v2i2.74179Keywords:
सामाजिक प्रभाव, राजनीतिक प्रभाव, सामाजिक जागरण, गणतान्त्रिकAbstract
कुनै पनि समाजमा सञ्चार माध्यमको भूमिका अहम् हुन्छ । जनतालाई जानकारी दिने, शक्तिको दुरूपयोग रोक्न मद्दत गर्ने, सार्वजनिक अभिव्यक्तिका लागि माध्यम, ठाउँ र समय प्रदान गर्ने अनि सार्वजनिक हितमा नभएको कसैको शक्तिलाई नियन्त्रण गर्न सञ्चार माध्यमले मद्दत गर्छन् । सञ्चार माध्यमले सार्वजनिक निकायका गतिविधिको निगरानी गरिरहेका हुन्छन् । समाजलाई दिशानिर्देश गर्न सञ्चार माध्यम स्वतन्त्र हुनु अति जरुरी छ । यस आलेखमा मिडिया प्रभावको अवधारणालाई आत्मसात् गर्दै वर्णनात्मक ढाँचा र गुणात्मक अनुसन्धान विधि अपनाइएको छ । २००७ मा प्रजातन्त्र स्थापना भइसवmेपछि राजनीतिक र सामाजिक परिवर्तनको पक्षमा मिडिया क्षेत्र अग्रसर हुन सवmेन । पञ्चायतकालीन पत्रकारिता राजसंस्था, राजा र राजाले स्थापना गरेको व्यवस्थाको गुणगान गाउनमै सीमित रह्यो । २०४६ पछि गणतान्त्रिक अवधिमा मिडियामार्फत बहुवैकल्पिक विचार प्रवाहले सामाजिक अन्तरव्रिmया सघन बन्दै गएको आलेखको निष्कर्ष छ ।