नेपालका आदिवासीमा जीवित सङ्ग्रहालयको सम्भावना र औचित्य

Authors

  • सोमबहादुर Som Bahadur धिमाल Dhimal

DOI:

https://doi.org/10.3126/anweshan.v2i2.74168

Keywords:

मौखिक परम्परा, सामाजिकीकरण, स्वरोजगार, संस्कृति, संरक्षण, पुस्तान्तरण

Abstract

वास्तवमा मानव सभ्यताको व्यवस्थित सुरुवात कालखण्डदेखि नै जीवित सङ्ग्रहालयको अनौपचारिक सुरुवात मा; सकिन्छ । इजिप्टको माथिल्लो क्षेत्र नाइल नदीको किनार पूर्वतिरको लक्जर पुरानो खुल्ला सङ्ग्रहालय लगभग १४०० बिसीतिर बनेको मानिन्छ । त्यसैगरी इजरायलको नाजरेथ गाउँ जहाँ मुस्लिम र क्रिश्चियनले मौलिक भेषभूषा र कलाको काम पहिलो शताब्दीदेखि नै गर्दै आएका पाइन्छन् । नर्वेका राजा ओस्कार दोस्रोेले पुराना सामग्रीहरू मध्ययुगदेखिको सङ्गलन र प्रदर्शनी गर्न ८ देखि १० ओटा भवनहरू नर्वेजियन कलाशैलीमा सन् १८८१ ओस्लोमा खुल्ला सङ्ग्रहालयको स्थापना गरेका थिए । आर्थर हेजलियसले नर्वेका राजाको देखेर १९औँ शताब्दीको मध्यतिर स्वेडेनमा खुल्ला सङ्ग्रहालय बनाएका थिए । फर्ड मोटर कम्पनीका संस्थापक हेनरी फर्डले उत्तर अमेरिकाको डियरवन, मिचिगनस्थित ग्रिनफिल्ड भिलिज खुल्ला सङ्ग्रहालय सन् १९२८ मा बनाएका थिए  (The History of Open-air Museum retrieved from http://www.historyofmuseums.com/museum-history/history-of-open-air-museums/) । नेपालमा पनि आदिवासी जनजातिहरूका होमस्टे स्थापना हुने व्रmम बढ्दो छ । जीवित सङ्ग्रहालय वmुनै पनि देशको भूगोल र थातथलोमा बसोबास गर्ने जाति वा समुदायको बारेमा खुल्ला सिक्ने र सिकाउने थलो हो । भाषा, संस्वृmति, पहिचान र इतिहास, विशिष्ट ज्ञान, सिप, कला र प्रविधिको कुरा गर्दा विश्वमा आदिवासीहरू धनी छन् । नेपालका ६० आदिवासी जनजातिहरूको पनि जातिपिच्छे नै फरक भाषा, संस्कार, संस्कृति, खानपिन, भेषभूषा, थातथलो, लोकजीवन ‍पद्धति, पहिचान र इतिहास छन् (See, National Foundation for Development of Indigenous Nationalities Act, 2002; Definition of Indigenous Nationalities, relating to Clause (a) of Section 2) । उनीहरूका प्राचीन परम्परागत संस्था र प्रथाजनित कानुनहरू मार्फत आफ्ना जाति र समुदायभित्र शान्ति, एकता, न्याय दिने विशिष्ट परम्परा छन् । जीवित सङ्ग्रहालयमार्फत समुदायको विशिष्ट वृmषि, पशुपालन, भाषा, संस्कृति, नाचगान, मौखिक परम्पराहरूमा आधारित पहिचान र इतिहास प्रवर्धन र संरक्षण मात्र हुने होइन, स्वदेशी तथा विदेशी पर्यटकहरूको भ्रमणले स्थानीय उत्पादनहरूको खपत, स्वरोजगारी, सामाजिकीकरण हुने, सिक्ने र सिकाउने, ज्ञानको आदानप्रदान, आदिवासी जनजातिलाई विश्वजगत्मा चिन्ने र चिनाउने, मूर्त र अमूर्त संस्कृ तिको प्रवर्धन, संरक्षण र पुस्तान्तरण कार्यमा उल्लेख्य उपलब्धि पनि हुनेछन् ।

Downloads

Download data is not yet available.
Abstract
19
PDF
8

Downloads

Published

2025-01-19

How to Cite

धिमाल Dhimal स. S. B. (2025). नेपालका आदिवासीमा जीवित सङ्ग्रहालयको सम्भावना र औचित्य. Samaj Anweshan समाज अन्वेषण, 2(2), 61–70. https://doi.org/10.3126/anweshan.v2i2.74168

Issue

Section

Research Article