तामाङका लागि बेग्लै आरक्षणको आवश्यकता
DOI:
https://doi.org/10.3126/anweshan.v2i2.74158Keywords:
दमन, वहिष्करण, समानुपातिक समावेशिता, सामाजिक न्याय, क्षतिपूर्तिAbstract
तामाङ समुदाय लामो सभ्यता बोकेको जाति हो । तामाङहरू नेपालको पुराना आदिवासीमा पर्दछन् । आफ्नो समाज सञ्चालनका लागि सबै प्रकारका सामाजिक व्यवस्थाहरू यस सभ्यतामा पाइन्छ । सभ्यताका दृष्टिले यो जाति समृद्ध छ । राज्यले यो जातिमाथि दमन, शोषण र वहिष्करण गर्दै आएको छ । राज्यको त्यसप्रकारका दमनको विरुद्धमा प्रतिरोध पनि गर्दै आएको यो जातिको स्थिति दलितको भन्दा पनि मुनि छ । राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक दृष्टिले सीमान्तीकरणको मार खेप्दै आएको यो जातिको राज्यमा प्रतिनिधित्व दयनीय छ । समावेशी राज्य बनाउन यो जातिको समावेशीकरण अति नै महत्त्वपूर्ण छ । शताब्दीयौँ वहिष्करणको शिकार भएको यस समुदायलाई राज्यमा समावेशीकरण गराउन आरक्षणको व्यवस्था हुनुपर्दछ । हाल आदिवासी जनजाति समूहअन्तर्गत आरक्षित हुँदै आएको छ । तामाङजत्तिकै जनसत्र्या भएका अरू समुदायले आरक्षण पाउँदा यस जातिलाई पनि बेग्लै आरक्षण गरिनुपर्दछ । समानुपातिक समावेशीताको मूल मर्मबमोजिम यस जातिले पनि जनसंख्याको अनुपातमा बेग्लै आरक्षण पाउनुपर्दछ ।